एआईको प्रयोग गरी दक्षिण चीन सागरमा सैनिक गतिविधिलाई तीव्रता दिँदै चीन « Khabarhub

एआईको प्रयोग गरी दक्षिण चीन सागरमा सैनिक गतिविधिलाई तीव्रता दिँदै चीन


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले दक्षिण चीन सागरमा आफ्ना सैनिक गतिविधिलाई थप तीव्रता दिन कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग गर्ने गरेको खुलेको छ ।

साउथ चाइना मर्निङ पोस्ट ९एससीएमपी० मा प्रकाशित समाचाअनुसार केही समयअघि चिनियाँ नागरिक उड्डयन विश्वविद्यालयको टोलीले दक्षिण चीन सागरमा बन्दोबस्ती सञ्जालको विकास र सञ्चालनबारे एआई ‘सिमुलेशन’ गरेको थियो ।

यसबाट दक्षिण चीन सागरमा चीनको आर्थिक गतिविधि र विवादित समुद्रमा क्षेत्रीय दाबीलाई थप मजबुत हुने बताइएको छ ।

सिमुलेशनको विश्लेषणबाट दक्षिण चीन सागरमा अवस्थित स्प्रेट्ली र पारासेल टापुका १७ देखि ८० स्थानमा बन्दोबस्तीका सञ्जाल विस्तार गर्न लागिएको एसिया न्युजले जनाएको छ ।

दक्षिण चीन सागरमा आफ्नो दाबीलाई थप मजबुत बनाउन चीनले कृत्रिम रुपमा पारासेल र स्प्राट्ले टापुको निर्माण गरेको हो ।

विश्वविद्यालयका शोधकर्ताहरुले विभिन्न पारवहनका साधनको समन्वय र सञ्चालन गर्नु अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार पारवहनको व्यवस्था गर्नाले बन्दोबस्तीको सञ्जालको विस्तारका लागि आधारभूत अवस्थामा थप सुधार आउने छ ।

यसका लागि २० अर्ब चिनियाँ युआन अर्थात् २ अर्ब ९० करोड अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १ : ४५ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ