बेलायत र इजरायलका प्रधानमन्त्रीबीच भेटवार्ता « Khabarhub

बेलायत र इजरायलका प्रधानमन्त्रीबीच भेटवार्ता


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेलायती प्रधानमन्त्री ऋषि सुनकले इजरायली समकक्षी बेन्जामिन नेतन्याहुसँग डाउनिङ स्ट्रिटमा शुक्रबार भएको भेटमा ‘लोकतान्त्रिक मूल्यमान्यता’को रक्षा गर्नुपर्नेमा जोड दिएको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

नेतन्याहू आफ्नो सरकारको न्यायिक सुधार कार्यक्रमलाई लिएर इजरायलमा हप्तौंदेखि जारी विरोध प्रदर्शनपछि लण्डन आइपुगेका हुन् । सुधार कार्यक्रमले अदालतमाथि राजनीतिज्ञहरूको शक्ति बढाउन भन्दै आलोचकहरूले यो लोकतन्त्रका लागि खतरा भएको तर्क गरेका छन् ।

संयुक्त राज्य अमेरिका र जर्मनीका नेताहरूसहित इजरायलका केही विदेशी सहयोगीहरूले विवादास्पद सुधारको बारेमा चिन्ता व्यक्त गरे तापनि बेलायत यस विषयमा मौन छ ।

डाउनिङ स्ट्रिटका प्रवक्ताले दुई नेताको बैठकको सारांशमा भने, “प्रधानमनत्री सुनकले इजरायलमा प्रस्तावित न्यायिक सुधारलगायत दुई देशको सम्बन्धलाई आधार बनाउने लोकतान्त्रिक मूल्य मान्यतालाई कायम राख्नुपर्ने महत्वमा जोड दिए ।

नेतन्याहूको विरोधमा इजरायलको झण्डा र प्लेकार्ड बोकेका सयौं प्रदर्शनकारीले उनको आगमनलाई रोक्न गेटबाहिर सडकमा ¥याली निकालेका थिए ।

डाउनिङ स्ट्रिटको १० नम्बर द्वारमा सुनकले इजरायली वरिष्ठ नेतालाई अभिवादन गर्दा प्रदर्शनकारीले यसलाई ‘लज्जा’ को बिषय भन्दै नारा लगाएका थिए ।

लण्डन प्रस्थान गर्नुभन्दा केही घण्टाअघि टेलिभिजनमार्फत सम्बोधन गर्दै नेतान्याहूले आफ्नो विभाजनग्रस्त मुलुकभित्र एकता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। बेलायत सरकारले नेतन्याहूको दुई दिने भ्रमणबारे आंशिक विवरण सार्वजनिक गरेको छ ।

दुई देशले ‘२०३० रोडम्याप’ सम्झौतामा हस्ताक्षर गरेको केही दिनपछि लण्डनले ब्रेक्जिटपछिको स्वतन्त्र व्यापार सम्झौता गर्ने क्रममा ‘द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने’ बताएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १० : ०० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्