बेलायत र इजरायलका प्रधानमन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

बेलायत र इजरायलका प्रधानमन्त्रीबीच भेटवार्ता


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेलायती प्रधानमन्त्री ऋषि सुनकले इजरायली समकक्षी बेन्जामिन नेतन्याहुसँग डाउनिङ स्ट्रिटमा शुक्रबार भएको भेटमा ‘लोकतान्त्रिक मूल्यमान्यता’को रक्षा गर्नुपर्नेमा जोड दिएको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

नेतन्याहू आफ्नो सरकारको न्यायिक सुधार कार्यक्रमलाई लिएर इजरायलमा हप्तौंदेखि जारी विरोध प्रदर्शनपछि लण्डन आइपुगेका हुन् । सुधार कार्यक्रमले अदालतमाथि राजनीतिज्ञहरूको शक्ति बढाउन भन्दै आलोचकहरूले यो लोकतन्त्रका लागि खतरा भएको तर्क गरेका छन् ।

संयुक्त राज्य अमेरिका र जर्मनीका नेताहरूसहित इजरायलका केही विदेशी सहयोगीहरूले विवादास्पद सुधारको बारेमा चिन्ता व्यक्त गरे तापनि बेलायत यस विषयमा मौन छ ।

डाउनिङ स्ट्रिटका प्रवक्ताले दुई नेताको बैठकको सारांशमा भने, “प्रधानमनत्री सुनकले इजरायलमा प्रस्तावित न्यायिक सुधारलगायत दुई देशको सम्बन्धलाई आधार बनाउने लोकतान्त्रिक मूल्य मान्यतालाई कायम राख्नुपर्ने महत्वमा जोड दिए ।

नेतन्याहूको विरोधमा इजरायलको झण्डा र प्लेकार्ड बोकेका सयौं प्रदर्शनकारीले उनको आगमनलाई रोक्न गेटबाहिर सडकमा ¥याली निकालेका थिए ।

डाउनिङ स्ट्रिटको १० नम्बर द्वारमा सुनकले इजरायली वरिष्ठ नेतालाई अभिवादन गर्दा प्रदर्शनकारीले यसलाई ‘लज्जा’ को बिषय भन्दै नारा लगाएका थिए ।

लण्डन प्रस्थान गर्नुभन्दा केही घण्टाअघि टेलिभिजनमार्फत सम्बोधन गर्दै नेतान्याहूले आफ्नो विभाजनग्रस्त मुलुकभित्र एकता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। बेलायत सरकारले नेतन्याहूको दुई दिने भ्रमणबारे आंशिक विवरण सार्वजनिक गरेको छ ।

दुई देशले ‘२०३० रोडम्याप’ सम्झौतामा हस्ताक्षर गरेको केही दिनपछि लण्डनले ब्रेक्जिटपछिको स्वतन्त्र व्यापार सम्झौता गर्ने क्रममा ‘द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने’ बताएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १० : ०० बजे

मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

गोदावरी– ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि

विदेश सचिवको ब्रिफिङ : भारतको आक्रमण पाकिस्तानी सेना, संरचना र सर्वसाधारणविरुद्ध होइन

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्रीले भारतले आतंकवाद विरुद्ध

रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)

काठमाडौं– रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शुक्रबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल

नीति कार्यक्रमभित्र सत्तापक्षले देखेको आशा, प्रतिपक्षको निराशा

काठमाडौं- सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३