बारा–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै « Khabarhub

बारा–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बारा – हावाहुरीलगायतको समस्याका कारण सुरु हुन नसकेको बारा–२ को मतगणना आज बिहान सुरु हुने भएको छ ।

आज बस्ने बिहान बस्ने सर्वदलीय बैठक पछि बारा–२ को मतगणना सुरु गरिन लागिएको हो । बैठक अहिले ७ बजे बस्दैछ ।

सो बैठकको निर्णयलगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगको कार्यालय, बाराले जनाएको छ ।

तनहुँ–१ मा मत परिणाम सार्वजनिक भइरहँदा बारा–२ र चितवन–२ मा भने अझै मतगणना सुरु हुन सकेको छैन ।

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रमुख जिल्ला अधिकारी, चितवनले आचारसंहिता उलङ्घन गरेको भन्दै कांग्रेसले दिएको उजुरीको सम्बोधन नभएसम्म सर्वदलीय बैठक नबस्ने अडान कांग्रेसले लिएको छ । जसकाकारण चितवन–२ मा मतगणना सुरु हुन नसकेको हो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ७ : ०१ बजे

चुनाव नआउँदै लथालिङ्ग प्रलोपा, एमालेको बलमा जित्नुपर्ने जनार्दनलाई दबाब

काठमाडौं– तत्कालीन नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र नेपाल

टी-२० विश्वकपको दोस्रो तयारी खेलमा नेपालको शानदार जीत, क्यानडा ६ विकेटले पराजित

काठमाडौं- आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले

काव्यात्मक न्यारेसन शैलीमा पारिवारिक फिल्म ‘श्री बुकुरो’को ट्रेलर सार्वजनिक

काठमाडौं – फागुन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘श्री

फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको