लक्ष्मणको फिल्म ‘सतीदेवी’ को छायांकन सुरु « Khabarhub

लक्ष्मणको फिल्म ‘सतीदेवी’ को छायांकन सुरु


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ को सोमबार भद्रकालीमा मुहूर्त गरिएको छ । मुहूर्तसँगै फिल्मको छायाँकन सोमबारबाटै सुरु भएको छ । फिल्ममा अभिनेत्री मलिका महत शीर्ष भूमिकामा हुनेछिन् ।

दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण हुने फिल्ममा रमेश बुढाथोकी, भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, इभन जोशी, विमल श्रेष्ठ, दिपा मगर, तुलसीप्रसाद श्रेष्ठ र बाल कलाकारद्वय हर्षिका ओली तथा मञ्जिला बानियाँको अभिनय रहनेछ ।

महिला प्रधान फिल्ममा दीपक शर्मा र सुभाष भुषालको संगीत, बाबु श्रेष्ठको छायांकन, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहने छ।

सुदिप कुँवर मुख्य सहायक निर्देशक रहने फिल्मका प्रोडक्सन मेनेजर सीबी भण्डारी हुन् । फिल्मका निर्माता,लेखक,गीतकार तथा निर्देशक लक्ष्मण सुवेदीले चलचित्रको छायाँकन ३० दिनमा सकाउने लक्ष्य रहेको बताए । सुवेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ को निर्देशन गरी सकेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : २५ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान