बारा २ मा मतगणना जारी, जनमतका कुशवाहाको अग्रता कायमै « Khabarhub

बारा २ मा मतगणना जारी, जनमतका कुशवाहाको अग्रता कायमै


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

करैयामाई नगरपालिका–१, २ र ३ को सबै मत गणना भएको छ । ३ हजार २४१ मत गणना गर्दा कुशवाहाले अग्रता कायमै राखेका हुन् । कुशवाहाले १ हजार १४६ मत ल्याएर अग्रता लिँदा जसपाका अध्यक्ष तथा गठबन्धन उम्मेदवार उपेन्द्र यादवले १ हजार ११७ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५३८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४४ र आमजनता पार्टीको अरुण ज्ञावालीले ११४ मत ल्याएका छन् ।

बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६८ हजार ८ सय ८६ मत खसेको छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : ५३ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै