संसदमा एमालेले तीन वटा समिति पाउने « Khabarhub

संसदमा एमालेले तीन वटा समिति पाउने


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले संघीय संसदको तीन वटा समिति पाउने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन दलका शिर्ष नेताको बैठकमा एमालेलाई तीन संसदीय समिति दिने सहमति भएको हो ।

जसअनुसार प्रतिनिधिसभाका १० वटा समितिमध्ये महत्वपूर्ण मानिएका सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिसहित तीनवटा संसदीय एमालेको भागमा परेको छ । नयाँ सहमतिसँगै संसदीय समिति गठनको प्रक्रिया सुरु हुने भएको छ ।

यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोगको विवादलाई टुंग्याउनका लागि विशेष समिति गठन गर्नेमा पनि प्रमुख दल सहमत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत उपस्थित बैठकले सो निर्णय गरेको एमाले सांसद पदम गिरीले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ५ : ०५ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै