विपद् जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन  « Khabarhub

विपद् जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन 


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

सोमबार काठमाडौंमा गृह मन्त्रालयले आयोजना गरेको विपद् जोखिम व्यवस्थापन नीतिगत व्यवस्थादेखि अभ्याससम्म विषयक राष्ट्रिय कार्यशालामा श्रेष्ठले संविधानले विपद् व्यवस्थापनलाई सबै तहको साझा जिम्मेवारीमा राखेको भन्दै विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

उनले स्थानीय तहलाई विपद् व्यवस्थापन कोषलाई राहतमा मात्र केन्द्रित नगरी  दीर्घकालीन व्यवस्थापनमा जोड दिन सुझाब दिए । श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका साथै रोकथामका लागि आधुनिक सूचना प्रविधिको प्रयोग अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए । पुननिर्माण र पुनस्थापनामा प्राधिकरणसँगै शहरी विकास मन्त्रालय, उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय , कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले जिम्मेवार भई समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । 

कार्यक्रममा विज्ञहरूले प्राकृतिक जोखिमका हिसाबले नेपाल उच्च जोखिममा रहेकाले पूर्व तयारीका लागि सबै सरोकारवालाहरूले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : २४ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै