रातो मच्छिन्द्रनाथको रथयात्रा सोमबारबाट सुरु  « Khabarhub

रातो मच्छिन्द्रनाथको रथयात्रा सोमबारबाट सुरु 


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा सोमबारबाट सुरु भएको छ । 

जात्राको पहिलो दिन ललितपुरको पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गाःवहालमा पुर्‍याइएको छ ।  रथ तान्नुअगाडि गुरुज्यूको पल्टनबाट सलामी दिइएको थियो । मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ ।

रातोमच्छिन्द्रनाथ जात्रालाई पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्। मछिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा  समापन हुन्छ ।  पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराइएको किंवदन्ती छ । 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : ०८ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर