सुशासन, विकासलाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष लिङ्देन « Khabarhub

सुशासन, विकासलाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष लिङ्देन


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुशासन र विकासलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

आज धनगढीमा आयोजित राप्रपाको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य लिङ्देनले छोटो समय पार्टी सरकारमा बस्दा केही सकारात्मक आयाम छाडेर आएको जिकिर गरे । उनले भने “देशमा भ्रष्टाचारको अन्त्य नभएसम्म युवालाई देशभित्र गरिखाने वातावरण बन्न सक्दैन ।”

उनले देश पटकपटक परीक्षणको सिकार भइरहेकाले यस्तो प्रवृत्ति रोक्न सबै एकजुट भएर काम गर्नुपर्ने बताए । उनले पार्टीको विचारलाई तल्लो तहमा पुर्याएर सङ्गठन बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राप्रपाको एजेण्डा देशमा नआउँदासम्म जतिसुकै नयाँ पार्टी आए पनि स्थायित्व नहुने बताए। सो पार्टीका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारमा गएको बेला आफ्नो पार्टीबाट गल्ती नभएको बताउँदै गठबन्धनको संस्कृतिका कारण सोचेजति काम गर्न नसकिएको धारणा व्यक्त गरे ।

भेलामा पार्टीका आधारभूत सिद्धान्त, नीति, समसामयिक राजनीतिक अवस्था, भावी रणनीतिलगायता बारेमा बहस, छलफल गर्न लागिएको जनाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ११ : ०४ बजे

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि

सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब