मुखको घाउ र यसको उपचार « Khabarhub

मुखको घाउ र यसको उपचार


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले गर्मीको मौसम हो। यो मौसममा धेरै प्रकारका सङ्क्रमित रोग लाग्छन्। साथै यो मौसममा लागेका घाउ तथा चोटपटक पाक्ने सम्भावना पनि धेरै रहन्छ। त्यसैले मुखको विशेष ख्याल राख्नुपर्छ। अहिले मुखमा घाउ आउने समस्या धेरैलाई देखिएको चिकित्सकले बताएका छन्। शरीरमा भिटामिन बी कम्प्लेक्सको मात्रा कम हुँदा मुख भित्र सानासाना घाउहरू आउँछन्। चिकित्सकका अनुसार मुखमा धेरै कारणले घाउ आउन सक्छ। कसैलाई तातो चिजले पोलेर घाउ हुनसक्छ भने कसैलाई खानाको एलर्जी या कसैलाई वंशाणुगत कारणले र साह्रो खानेकुरा खाँदा त्यो खनाले घोचेर घाउ हुनसक्छ। यस्ता घाउहरू हेर्दा र देख्दा साह्रै साना हुन्छन् तर दुखाई निकै गहिरो हुन्छ। यस्ता घाउहरू आउँदा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थी सुन्निने, दुख्ने समस्या हुनसक्छ।

के कारणले आउँछ मुखमा घाउ
-शरीरमा भिटामिन बी कम्प्लेक्सको मात्रा कम हुँदा घाउ आउने गर्छ।
-कसैको मुखभित्र चोटपटक लागेर घाउ आउँछन्।
-तातो केही खाने कुराले पोलेर पनि साना फोका जस्ता घाउ आउँछन्।
-अल्सरका कारण पनि मुखमा घाउ आउँछन्।
-कुनै व्यक्तिमा क्यान्सर भएर पनि मुखको वरिपरि घाउहरू आउँछन्।

मुखमा घाउबाट मुक्ति पाउने उपाय
-यस्तो घाउ शरीरमा भिटामिन बी कम्प्लेक्सको मात्रा कम हुँदा आउने गर्छ। त्यसैले भिटामिन बी कम्प्लेक्स युक्तखाना प्रशस्त मात्रामा खाने गर्नुपर्छ।
-दैनिक रूपमा थोरै समय निकालेर मुखको सरसफाइमा पनि ध्यान दिनुपर्छ।
-बिहान बेलुका खानेकुरा खाएपछि मुख कुल्ला गर्ने बानीको विकास गर्नुपर्छ।
-मनतातो पानीमा फिटकीरी मिसाएर कुल्ला गर्दा पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ।
-मुखमा घाउ आएको बेला चिल्लो र पिरो भएका खाना खानु हुँदैन।
-घाउ भएको बेला पानी तथा झोलिला खाने कुरा बढी मात्रामा खानुपर्छ।
-मुखमा घाउ आएको बेला हरियो सागपात तथा फलफूल मजाले चपाएर मात्र खानुपर्छ।
-हल्का उम्रेको गेडागुडी बिहान र बेलुका खाने गर्नुपर्छ।
-निमको पात चपाउने वा निम मिलाइएका मन्जनले दाँत माझ्ने गर्दा पनि यो समस्या कम हुँदै जान्छ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ७ : ०५ बजे

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका