अमेरिकाका हेर्न लायक चार स्टार | Khabarhub Khabarhub

अमेरिकाका हेर्न लायक चार स्टार


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिड्नी म्याकगाउलिन सम्भवतः अहिलेसम्मकै सबै भन्दा उत्कृष्ट एथलेटिक्स खेलाडी हुन्। ट्याक एन्ड फिल्डमा यिनको सफलतालाई हेर्नेहरू आश्चर्यमा नै छन्। आफ्नो विश्व कीर्तिमान आफैले भङ्ग गर्दै आएकी म्याकगाउलीन पछिल्लो समय चार गुणा ४ सय मिटर रिलेमा पनि सहभागी हुँदै आएकी छिन्।

पेरिसमा आयोजना हुने अबको स्पर्धामा भने उनी चार सय मिटरको एकल स्पर्धामा नै कुद्ने भएकी छन्। धेरै एथलेटिक्स विज्ञका अनुसार सन् २०२३ र २४ मा ३ विश्व कीर्तिमान अमेरिकी खेलाडीले भङ्ग गर्न सक्ने छन्। धेरैको अनुमान म्याकगाउलीनले चार सय मिटरमा सम्भावना रहेको छ भने एथिङ मूले आठ सय मिटरको विश्व कीर्तिमान आफ्नो नाममा राख्न सक्ने छिन्।

यसैगरी एरिक निङटन या नोह लायसमध्ये एकले दुई सय मिटरको विश्व कीर्तिमानको अनुमान गरिएको छ। ८ अगस्ट २००३ का दिन रुसी धाविका युलिया पेचीनोकोभाको नाममा रहेको विश्व कीर्तिमान भङ्ग गर्दै सन् २०१९ मा डालिया मोहम्मदले कीर्तिमानलाई आफ्नो नाममा लेखाएकी थिइन् । मोहम्मदले २८ जुलाई २०१९ मा युलियाको नाममा रहेको ५२ दशमलव ३४ सेकेन्डको कीर्तिमान भङ्ग गर्दै ६२ दशमलव २० सेकेन्डको कीर्तिमान कायम गरेकी थिइन्। त्यो समय पछि नै मोहम्मद र म्याकगाउलीको दबदबा भएको थियो। तर, दुर्भाग्य मोहम्मद लगातार चोटसँग सङ्घर्ष गर्न थालेपछि अहिले सो स्पर्धामा म्याकगाउलिनको प्रतिस्पर्धा घडीसँग मात्र हो।

४ अक्टोबर २०१९ मा दोहामा भएको विश्व च्याम्पियनसिपमा मोहम्मदले ५२ दशमलव १६ सेकेन्ड समयको कीर्तिमान कायम गरिन्। २०२१ को समय त म्याकगाउलीनको दबदबा भएको थियो। सो समयमा २७ जुनमा ओलम्पिक छनोट रेसमा म्याकगाउलीनले मोहम्मदको कीर्तिमान भङ्ग गर्दै ५१ दशमलव ९० सेकेन्डको नयाँ कीर्तिमान कायम गरेकी थिइन्। टोकियो ओलम्पिकमा ५१ दशमलव ४६ सेकेन्डको कीर्तिमान राखिन्। २५ जुन २०२२ मा भएको विश्व च्याम्पियनसिप छनोटमा उनले ५१ दशमलव ४१ सेकेन्डको कीर्तिमान राखिन् भने २२ जुलाई २०२२ मा उनले अर्को कीर्तिमान कायम गरिन्।

उनको यात्रामा प्रशिक्षक बबी कर्सी सबै भन्दा महत्त्वपूर्ण पर्दा पछाडिका नायक बनेका थिए। कर्सीसँग प्रशिक्षण सुरु गरेपछि नै उनले एक पछि अर्को कीर्तिमान कायम गर्न थालेकी हुन्। म्याकगाउलीनले बारम्बार गत वर्ष भएको विश्व च्याम्पियनसिपको रेस सम्पूर्ण रूपले पूर्ण नभएको तथा सुधार गर्ने केही पक्ष बाँकी रहेको बताइरहेकी छिन्। उनको भनाइको मतलब प्रस्ट छकी उनी यो कीर्तिमानमा सन्तोष गरेर बस्ने वाला छैनन्। यसै कारण पनि यो वर्ष उनले सो कीर्तिमानलाई भङ्ग गर्ने अनुमान गरिएको छ। त्यो विश्व च्याम्पियनसिप छनोटमा पनि हुन सक्छ। अन्यथा विश्व च्याम्पियनसिपमा पनि हुनसक्छ।

एलीसन फेलीक्सको दबदबा कम भएसँगै अमेरिकाले चार सय मिटर फ्लायटको राम्रो धावक नै पाएको छैन। यसै कारण रिले दौडमा सधैँ म्याकगाउलीन र एथिङ मुको प्रयोग गरिएको थियो। गत ओलम्पिकसम्म त मोहम्मद पनि रिलेमा सहभागी भएकी थिइन्।

अहिले म्याकगाउलीन ४ सय मिटरमा पनि सहभागी हुने र यसको तयारी गर्ने अनुमान धेरैले गरेका छन्। उनले गत वर्षको विश्व च्याम्पियनसिप पछि नै भविष्यमा अर्को इभेन्टमा पनि उपस्थिति जनाउने सोच भएकाले यसका लागि प्रशिक्षकसँग सल्लाह गर्ने बताएकी थिइन्।

गत विश्व च्याम्पियनसिप अघि पुरुष २०० मिटर दौडको सबै भन्दा उत्कृष्ट समय राखेका तीन जना नै लिजेन्डहरु हुन्। युसेन बोल्टको नाममा १९ दशमलव १९ सेकेन्डको विश्व कीर्तिमान छ। सन् २००९ को बर्लिनमा भएको विश्व च्याम्पियनसिपमा उनले सो कीर्तिमान राखेका थिए। जमैकाका अर्का धावक योहन ब्लेकले सन् २०११ को सेप्टेम्बरमा भएको ब्रुसेल्स डायमन्ड लिगमा १९ दशमलव २६ सेकेन्ड समयको साथ कुदेका थिए।

अमेरिकाका माइकल जोन्सनले सन् १९९६ को एटलान्टा ओलम्पिकमा १९ दशमलव ३२ सेकेन्डको विश्व कीर्तिमानलाई भङ्ग गरेका थिए। तर, गत वर्ष भएको विश्व च्याम्पियनसिपमा त्यो भन्दा उत्कृष्ट समयका साथ स्वर्ण पदक जित्न सफल भए, नोह लायस। उनले १९ दशमलव ३१ समयका साथ स्वर्ण पदक जितेका थिए।

चर्चा त्यस भन्दा अघि अमेरिकी छनोटमा १९ दशमलव ४९ सेकेन्ड समयका साथ पुरा गरेर निङटनले सबैलाई आश्चर्यमा मात्र पारेनन्। नयाँ स्टारको सपना विश्व एथलेटिक्सले देख्न थाली सकेको थियो। टोकियो ओलम्पिकमा पनि १७ वर्षकै उमेरमा उनी चौथो भएका थिए। निङटनले १४ वर्षको उमेरसम्ममा एथलेटिक्समा कुनै सपना नै देखेका थिएनन्। त्यो समयसम्म उनले ट्रायकका बारे कुनै जानकारी समेत लिएका थिएनन्। त्यसपछि उनी अमेरिकी फुटबल खेल्न सुरु गरेका थिए। १५ वर्षको उमेर हुँदा उनको समय देखेर सबै अचम्मित मात्र भएनन्, त्यसपछि नै एथलेटिक्समा संलग्न हुन प्रेरणा दिए।

१६ वर्षकै उमेरमा उनले जुनियर ओलम्पिकमा २० दशमलव ६६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे। ओलम्पिकमा चौथो भए पनि उनले आफ्नो नाममा यु–१८ कीर्तिमान बारम्बार भङ्ग गर्दै गए। गत वर्ष उनले १८ वर्ष पुरानो बोल्टको उमेर समूहको कीर्तिमान भङ्ग गरेका हुन्।

बोल्टले राखेको विश्व कीर्तिमान २२ वर्षको उमेरमा हो। त्यस भन्दा अगाडि निङटनको उत्कृष्ट समय भन्दा राम्रो समयमा बोल्ट बेइजिङ ओलम्पिकमा कुदेका थिए त्यहाँ उनको समय १९ दशमलव ३० थियो। सो समयमा उनी २१ वर्षका थिए।

१७ वर्षको उमेरमा बोल्टको समय १९ दशमलव ९३ थियो। बोल्टले २० वर्ष भएपछि १९ दशमलव ७५ सेकेन्डको समय तय गरेका थिए। २० वर्षको उमेरमा प्रवेश गर्दा सम्मको समयमा बोल्ट निङटन भन्दा सामान्य थिए। तर, त्यस पछिको एक वर्ष माने उनले तहल्का मच्चाए। उनको सबै भन्दा प्रगतिको समय त्यही थियो। सो प्रगतिसँगै उनले बेइजिङ ओलम्पिकमा विश्व कीर्तिमानसहित स्वर्ण पदक समेत जिते।

पेरिस ओलम्पिकमा निङटन २० वर्षका हुने छन्। सायद उनी त्यस ओलम्पिकमा हेर्न लायक धावक हुने छन्। यसैबीच पेरिस ओलम्पिक सम्ममा महिला चार सय मिटरमा सहभागिता जनाउने तथा यसमा उनीबाट नयाँ कीर्तिमानको समेत सम्भावना रहेको धेरै विज्ञले व्यक्त गर्न थालेका छन्। स्रोत : ट्याक एन्ड फिल्ड, ओलम्पिक

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ८ : २४ बजे

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक

विश्वकप लिग २ : क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – विश्वकप लिग-२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार

नुवाकोट– ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा

लुम्बिनी प्रदेशका कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न

पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण गरिँदै

तनहुँ– तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल