प्रतिनिधिसभामा आज चौथो दिन नीति कार्यक्रममाथिको छलफल जारी रहने « Khabarhub

प्रतिनिधिसभामा आज चौथो दिन नीति कार्यक्रममाथिको छलफल जारी रहने


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज चौथो दिन पनि जारी रहने भएको छ।

गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज बोल्न बाँकी सांसदले धारणा राख्नेछन्। बैठक बिहान ११ बजे सुरु हुनेछ।

आइतबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलसहित शीर्ष नेताले सम्बोधन गरिसकेका छन्।

मंगलबारसम्म १ सय भन्दा बढी सांसदहरुले बोलिसकेका छन्। राष्ट्रियसभाले भने मंगलबार नै नीति कार्यक्रम बहुमतले पारित गरिसकेको छ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ९ : ५७ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग