देश र जनता बेच्ने राजनीतिक नेतृत्व परिवर्तन गर्नुपर्छ | Khabarhub Khabarhub

देश र जनता बेच्ने राजनीतिक नेतृत्व परिवर्तन गर्नुपर्छ

भुटानी शरणार्थी प्रकरणले जनतामा धैर्यताको बाँध टुट्न लाग्यो


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टी देशको प्रश्चगमन र अग्रगमन बीचको लडाइँमा अगाडि बढी रहेको छ। राजसंस्थासहितको हिन्दु राष्ट्र उसको प्रमुख मुद्दा हो। पछिल्लो समयमा एउटा सांसदले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ भन्ने पङ्क्तिलाई शपथको समयमा उल्लेख गरेर चर्चा पाए। यो सम्बोधनले नेपालीलाई शरणार्थी बनाएर देशको इज्जत लोप भयो भन्नेसम्मको अभिव्यक्ति सम्बोधनको क्रममा आयो। संसद् बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वपञ्च तथा पञ्च र राजाबाट नै सम्पत्ति छानबिन गरौँ भन्ने सम्मको उद्घोष गरिसकेका छन्। यो उद्घोष र राप्रपाको अबको राजनीति र समसामयिक विषयमा आधारित भएर राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ भन्ने भनाइ र व्यवहारमा कत्तिको अन्तर रहेको छ ?
हामीले जे भन्छौँ त्यही गर्छौँ। अब पार्टी जोसिलो हुँदै गएको छ। तर त्यो जोस भन्दा राप्रपाले उठाएको मुद्दा दिन प्रतिदिन साबित भएको कुरा विस्तारै पुष्टि हुँदै गएको छ। मुलुक संघीयता गणतन्त्रबाट सफल हुनसक्ने स्थिति नै छैन। राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको मुद्दा यो देशको माटो, यो देशको जनता र यो देश उकास्नको लागि यो मुद्दा नै सही भएको प्रमाणित हुँदै गएको छ। नेताले देश बेचे, धर्म बेचे, सांस्कृतिक बेचे, देशको जनता बेच्न बाँकी थियो। अब त्यो पनि देखियो। यो व्यवस्था र यो नेतृत्वलाई परिवर्तन गर्नुपर्ने समय आएको छ। अब नेतृत्व परिवर्तन नभई अन्य कार्यमा सहजता हुँदैन।

चिहानमा गाडेको त्यो संस्थालाई फेरि ल्याउने चेष्टा नगर भन्ने जस्ता धम्की र चुनौती आएका छन्। यसरी व्याङ्ग्य गर्नेलाई के भन्नुहुन्छ ?
अग्रगमनले हामीलाई कहाँ लग्यो ? देशलाई एउटा गरिब भ्रष्ट, असफल राष्ट्रमा निर्मित गर्यो। अनि अग्रगमन पुर्वागमन के हुन्छ ? अब यो गणतन्त्र र सङ्घीयताले हामीलाई लग्यो कहाँ ? आफूलाई ठुलो शक्तिशाली तथा देश परिवर्तन गर्ने ठूला पार्टीहरूले जनतालाई अधिकार दिए ? त्यो अधिकारले देश कता पुगेको छ ? त्यो हेर्दा थाहा हुन्छ। अहिले देश बिगार्ने, नेताहरू धनी हुने भयो। अग्रगमन प्रत्यागमन भन्ने त बेकार हो। अहिलेको जत्तिको देश कुनै समयमा नेतृत्वले बिगारेको थिएन।

नेताहरूले हिन्दु राष्ट्र र राजसंस्थाको पैसा बेचेर वकालत गरिरहेको हो ?
क्रिश्चियन मुलुकलाई अहिले डर लागिरहेको छ। किनकी हिन्दुत्व पूर्ण जागेको छ। नेपालमा नेपाल जागे पछि अरू ठाउँमा पनि जाग्छ। जिम्मेवार व्यक्तिलाई हेपेको हो। सानो देशको सानो पार्टीलाई गाली गरेको हो। तर हामी कोहीसँग डराउँदैनौँ। नेपालीमा धेरै आक्षेप लगाएको छ। त्यसको लागि हामी पनि हजार गल्ती देखाउन सक्छौँ।

भाजपा र राप्रपा बीचको समझदारी र सम्बन्ध के हो ?
सम्बन्ध र समझदारी एकदम नजिकैको हुनुपर्ने हो तर भएको छैन। कम्युनिस्ट पार्टीहरूले विश्व भरिका कम्युनिस्ट भन्छन्। कांग्रेसले युनिभर्सल कांग्रेसको कुरा गर्छन्। अनि हामी युनिभर्सल हिन्दुजमको कुरा गर्ने तथा नगर्ने भाजपा र हिन्दुत्व बोकेका संस्थासँग राप्रपाको निकट सम्बन्ध हुनुपर्छ।

राप्रपाको जित र व्यवस्थामाथि नै प्रश्न उठ्नुको कारण के हो ?
देशको जनताको स्थिति के छ ? मन्दी लागेर मान्छेको सटरहरू बन्द गर्ने अवस्था सिर्जना किन भयो ? अबको राजसंस्था देशलाई बचाई राख्ने राजा हुनुपर्छ। राजा नभएर नेपाली जनताका छोरा छोरीले सरकार चलाउने हो। त्यसपछि देशको विकास सही रूपमा जान्छ। तर त्यसमा राजाले सिकाउने सहज बनाउने तथा निगरानी गर्नुपर्छ। त्यसो भयो भने अहिले जस्तो नेपाली जनताको छोराछोरी १८ वर्ष पूरा नभई विदेश जानुपर्ने बाध्यता हुँदैन।

पूर्वमा, पोखरामा, धनगढीमा जनता जागेका कुरा सुन्दै आएका छन्। अब काठमाडौँमा पनि जाग्छन् ?
काठमाडौंको जनताको विवेक छैन र ? हुन्छ। काठमाडौंको पनि पालो आउँछ। क्रमगत रूपमा हामी अगाडि बढिरहेका छौं। जनताले नेता आउँदा ढुङ्गा हान्ने र राजा आउँदा फूल मालाले स्वागत गरेका हुन्छन्। त्यो आफ्नो कर्मको फल हो जस्तो लाग्छ। अब नेताहरूले यात कुरा बुझेर आफै गर, नत्र जनता आफैले गर्नेछन् भन्ने बुझ्नुपर्छ। यो देशलाई अभिभावक चाहिएको हो।

अभिभावक भनेको के हो ?
अभिभावक भनेको बेलायतको महारानी वा राजाले पनि राजनीति गर्दैनन्। जापानको राजाले नि राजनीति गर्दैन। यो एउटा राष्ट्रिय एकताको प्रतीक हो। नेताले गलत कुरा गर्छ भने राजाले रोक्छ। देश बेच्नबाट रोक्छ। एउटा राजसंस्था देशलाई बचाई राख्ने, संरक्षण गरी राख्ने एउटा अभिभावकको भूमिका खेल्ने एउटा राष्ट्र प्रमुख खोजेको हो।

गणतन्त्र सहितको राजसंस्था हुन्छ वा गणतन्त्रबाहेकको राजसंस्था हुन्छ ?
राष्ट्रपति हुँदैन। त्यसमा ‘हेड अफ द कन्सेप्ट’ राजा नै हुन्छ।

पहिला गरेको राजकाज र अब गर्ने राजकाज कस्तो हुन्छ ?
कुनै बेलामा पञ्चायतकालमा राजाको वा राजसंस्थाको सक्रियता बढी रहेको थियो। त्यो सफल भएको कारण १२ बुँदे सम्झौता भएको हो। अहिलेको राजसंस्था भनेको राजसंस्थाले अभिभावकत्व निभाउने र नेपाली जनताको छोराछोरीले राजनीति गर्ने जस्तो बेलायत, जापान तथा अन्य देशमा रहेको छ त्यही अनुरूप जान सक्नुपर्ने हुन्छ।

राजसंस्था भित्रका सदस्यको कार्य हेर्ने हो भने त्यो राजसंस्था के काम भन्ने पनि छन्। तपाईंले पारिवारिक सदस्यको आनीबानी ब्यहोरालाई अहिलेको अवस्थामा स्वीकार गर्नसक्नु हुन्छ ?
राजसंस्थाको परिवार कसको छोरा हुन कसको छोरी हुन भन्ने पछिका कुरा हुन। अहिले पूर्व राजा ज्ञानेन्द्र हुनुहुन्छ। त्यहाँ पछिको होला एउटा सिस्टम होला। जो सक्षम छ त्यसलाई राजा रानी बनाउनु आवश्यक छ। त्यसमा कुनै पनि बिमति नै छैन। सबै नेपालीलाई एक सूत्रमा बाँधेर जनतालाई सही रूपमा अगाडि बढाउन सक्नुपर्छ।

नक्कली भुटानी शरणार्थी प्रकरणलाई कसरी हेर्नुभएको छ ?
हिन्दीमा एउटा गाना छ, ‘पब्लिक सब जन्ती हे’ धैर्यताको बाँध जुन थियो जनताको अब त्यो टुट्न तयार भएको छ। यो देशको अवस्था बेहाल भएको छ। हामी जनतालाई कुरिरहेका छौं। जनताको धैर्यताको बाँध फुट्न लागेको छ। त्यसलाई विस्तारै खोल्ने हो वा भाङभुङ पारेर खोल्ने हो त्यो नेताहरुले ध्यानमा राख्नुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  १० : ३९ बजे

सांसदले भने – सार्वजनिक ऋण २६ अर्ब नाघ्यो, राजस्वले साधारण खर्चसमेत धानेन

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्