मोरङ र अछामबाट लागूऔषधसहित २ जना पक्राउ « Khabarhub

मोरङ र अछामबाट लागूऔषधसहित २ जना पक्राउ


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोरङ र अछाममा गरी लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । मोरङको  विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एक सय एमएलको डाईलेक्स डिसी ११ बोतलसहित सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३५ वर्षीय आशीष ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । अछामको बान्निगढी जयगढ गाउँपालिका-४ तिमल्सेनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्रामसम्म सोही गाउँपालिका-३ धाराशैन बस्ने २१ वर्षीय शंकर ठकुल्लालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै घटनामा संलग्न एक जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

 

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  २ : ०८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय