मोरङ र अछामबाट लागूऔषधसहित २ जना पक्राउ « Khabarhub

मोरङ र अछामबाट लागूऔषधसहित २ जना पक्राउ


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोरङ र अछाममा गरी लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । मोरङको  विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एक सय एमएलको डाईलेक्स डिसी ११ बोतलसहित सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३५ वर्षीय आशीष ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । अछामको बान्निगढी जयगढ गाउँपालिका-४ तिमल्सेनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्रामसम्म सोही गाउँपालिका-३ धाराशैन बस्ने २१ वर्षीय शंकर ठकुल्लालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै घटनामा संलग्न एक जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

 

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  २ : ०८ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको