बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून « Khabarhub

बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ ।

मूल्य वृद्धिको दर मार्चमा १०.१ प्रतिशतबाट घटेर गत वर्षको अगष्टपछि पहिलो पटक मुद्रास्फीति १० प्रतिशतभन्दा तल झरेको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)ले जनाएको छ ।

ओएनएसका प्रमुख अर्थशास्त्री ग्रान्ट फिट्जनरले भने, ‘यद्यपि, सामान्यतया मूल्यगत वर्षको तुलनामा धेरै उच्च रहेको छ भने वार्षिक खाद्य मूल्य मुद्रास्फीति ऐतिहासिक उच्च नजिक पुगेको छ ।’

तीव्र गिरावटको बाबजुद, अप्रिलको दर बैंक अफ इंग्ल्याण्ड (बीओई) को गत महिनाको मुद्रास्फीतिको पूर्वानुमान ८.४ प्रतिशतभन्दा माथि रहेको छ ।

अप्रिलमा बेलायतको वार्षिक मुद्रास्फीति दर क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकासहित जी–सेभेन समूहका सम्पन्न अर्थव्यवस्था भएका देशहरूमध्ये सबैभन्दा बढी पुगेको थियो ।

बीओईको २.० प्रतिशतको लक्ष्य दर धेरै टाढा रहेको छ । तर, बेलायत सरकारले यो वर्षको अन्त्यसम्ममा मुद्रास्फीति लगभग ५.० प्रतिशतमा झर्ने दाबी गरेको छ ।

फिट्जनरले थपे, ‘गत महिना, ‘मुद्रास्फीतिको दर उल्लेखनीय रूपमा घटेको छ किनकि गत वर्ष देखिएको ठूलो ऊर्जा मूल्य वृद्धि दोहोरिएको थिएन । तर सेकेन्ड ह्यान्ड कार र चुरोटको लागतमा भएको वृद्धिले लक्ष्यलाई आंशिक रूपमा प्रभावित गरेको थियो ।’

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बेलायती अर्थतन्त्रका लागि आफ्नो पूर्वानुमानमा ठूलो यू–टर्न दिएको एक दिनपछि यो आँकडा सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२३ मा बेलायतको अर्थतन्त्र ०.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

आईएमएफले गत अप्रिलमा ०.३ प्रतिशतले सङ्कुचन हुने प्रक्षेपण गरेको थियो ।

बुधबारको तथ्याङ्कपछि अर्थमन्त्री जेरेमी हन्टका अनुसार , ‘आईएमएफले मङ्गलबार मुद्रास्फीतिलाई नियन्त्रण गर्न निर्णायक कदम चालेका बताएको छ । यो अहिले एकल अङ्कमा छ, तर खाद्य पदार्थको मूल्य अझै पनि तीव्र गतिमा बढिरहेको छ ।’

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  २ : ५९ बजे

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त