मेक्सिकोमा गोली हानी पत्रकारको हत्या | Khabarhub Khabarhub

मेक्सिकोमा गोली हानी पत्रकारको हत्या


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मंगलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।

मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको थियो । उनले दशकौँसम्म विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए ।

अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को मेक्सिकन शाखाले सरकारी कर्मचारीको रूपमा काम गर्ने रामिरेजले संदिग्ध अपराधीहरूलाई पक्राउ गर्न योगदान पुर्‍याएको बताए । उनले भने, ‘आरएसएफले छिटो र पारदर्शी अनुसन्धानको माग गर्दछ ।’

गैरसरकारी सञ्चार अधिकार समूहले ‘हत्या नगरपालिका अधिकारीको रूपमा उनको कामसँग सम्बन्धित थियो वा उनको पत्रकारिताको अभ्याससँग सम्बन्धित थियो छानबिन गर्न’ अभियुक्तलाई कानूनी कारबाहीको दायरामा तत्काल ल्याउन आग्रह गरेको छ ।

सन् २००० यता मेक्सिकोमा १५० भन्दा बढी पत्रकारको हत्या भइसकेको छ । अधिकांश हत्याका घटनामा सजाय दिइएको छैन ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ३ : १७ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको