अध्यक्ष ओलीसँग चन्द्र भण्डारीले भने- नेपालमा जलन अस्पताल निर्माणको काम थालौँ « Khabarhub

अध्यक्ष ओलीसँग चन्द्र भण्डारीले भने- नेपालमा जलन अस्पताल निर्माणको काम थालौँ


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस सांसद चन्द्र भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा नेपालमा जलन अस्पताल निर्माणको काम थाल्नुपर्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएपश्चात सभामुख देवराज घिमिरेको कार्यकक्षमा भण्डारी र ओलीबीच भेटवार्ता भएको छ । सम्बोधनपछि सभामुख घिमिरेको कार्यकक्षमा बसेका भण्डारीलाई भेट्न अध्यक्ष ओली पुगेका थिए । 

सोही अवसरमा भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका हुन् । गत ३ पुसमा भएको आगलागीमा परेर स्वास्थ्यलाभ गरिरहेका भण्डारीले ओलीसँगको भेटमा भने, ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ ।  गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गरे । थ्यांक यू सो मच । मैले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएँ ।’ 

जवाफमा एमाले अध्यक्ष ओलीले भने, ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो । निको भएर आएपछि भेट भयो । खुसी लागेको छ ।’

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ४ : ०२ बजे

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज