नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।

 नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध विभिन्न चार वटा कसुरमा मुद्दा दर्ता गराएको हो । 

नक्कली भुटानी शरणार्थी बनाउन लागेको अभियोगमा पक्राउ परेका उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसुर र र संगठित कसुरमा मुद्दा  दर्ता गराएको हो ।

प्रहरीले सोमबार बुझाएको अनुसन्धानको फाइल अध्ययन गरेपछि बुधबार अदालतमा लगिएको हो ।

प्रहरीले ५७ दिन अनुसन्धानपछि राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो । पक्राउ परेका १६ जना र अन्य १४ जनालाई प्रतिवादी बनाएर फाइल बुझाइएको छ ।

अभियोगपत्रमा सरकारी वकिलको कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गर्दै सोही बराबरको क्षतिपूर्ति माग गरिएको छ ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ५ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना