वाणिज्यदूतको टोलीद्वारा परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेटवार्ता « Khabarhub

वाणिज्यदूतको टोलीद्वारा परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेटवार्ता


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित महावाणिज्यदूत तथा वाणिज्यदूतको टोलीले आज परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

बुधबार परराष्ट्र मन्त्रालयमा अनररी कन्सुलर अफ नेपालका डिन दिनेश श्रेष्ठको नेतृत्वमा गएको महावाणिज्यदूत तथा वाणिज्यदूतको टोलीले मन्त्री साउदसँग भेटवार्ता गरेको हो ।

भेटवार्ताका अवसरमा मन्त्री साउदले नेपालस्थित महावाणिज्यदूत तथा वाणिज्यदूतहरुले खेलेको भूमिकाको प्रसंशा गरे ।

उनले जिम्मेवारीपूर्वक द्विपक्षीय सम्बन्धको विकास र विदेशी नागरिक समस्यामा पर्दा गर्ने कार्य सहजताका लागि दूतहरुबाट सहयोग हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा दूतहरुको टोलीले मन्त्री साउदको सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ६ : २७ बजे

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज