नक्कली शरणार्थी प्रकरणमा आईजीपी कुँवरको संलग्नता छैन : आईजीपीको सचिवालय « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा आईजीपी कुँवरको संलग्नता छैन : आईजीपीको सचिवालय


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको संलग्नता नरहेको आईजीपीको सचिवालयले जनाएको छ ।

बुधबार सचिवालयका प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले प्रेस विज्ञप्ति जारी गर्दै कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइँदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी आइजीपीलाई विवादमा तान्नु निन्दनीय रहेको जनाएको छ ।

‘काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख (हाल प्रहरी महानिरीक्षक) वसन्तबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको मुद्दाका आरोपितहरूसँग सम्पर्क रहेको, पूर्वगृहमन्त्रीलाई जोगाउन प्रयास गरेको लगायतका काम गरेको भन्दै समाचार सम्प्रेषण गरेको पाइयो’ विज्ञप्तिमा लेखिएको छ, ‘कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ ।’

नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीले सफल अनुसन्धान गरी मुद्दा पेश गरिसकेको अवस्थामा कल्पित रूपमा समाचार बनाइ आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको भनी प्रचारबाजी गरिनु संगठनकै लागि दुःखद् रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ७ : ३० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर