फरहान अख्तरको ‘जी ले जरा’ अलपत्र | Khabarhub Khabarhub

फरहान अख्तरको ‘जी ले जरा’ अलपत्र


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेत्री प्रियङ्का चोपडा जोनस, आलिया भट्ट र कट्रिना कैफको फिल्म ‘जी ले जरा’ अलपत्र परेको छ । यो फिल्म हेर्नका लागि दर्शकले अझै केही समय पर्खनुपर्नेछ । यो फिल्मसँगै फरहान अख्तर १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । तर उनको कमब्याकलाई अझै केही समय पर्खनुपर्नेछ, यसको कारण हुन्– आमिर खान ।

आमिर खान प्रोडक्सनको फिल्म ‘द च्याम्पियन्स’ बन्ने तयारीमा । जसमा फरहान प्रमुख भूमिकामा देखिँदै छन् । यो फिल्म सन् २०१८ को स्पेनिस स्पोर्ट्स ड्रामा फिल्मको अफिसियल हिन्दी रिमेक हो । यो फिल्ममा आमिर खानको निर्माण हुनेछ ।

आमिर यसअघि फिल्ममा सलमान खानलाई लिन चाहन्थे । तर सलमानबाट सम्भव नभएपछि उनी फरहानतिर पुगे । फरहानले स्क्रिप्ट मन पराएपछि अभिनय गर्ने सहमति दिए । यद्यपि यसको आधिकारिक घोषणा हुनै बाँकी छ ।

आमिरको फिल्ममा अभिनय गर्नुपर्ने भए पछि फरहानले ‘जी ले जरा’मा समय दिन सकेका छैनन् । समय अभाव कै कारण फिल्मलाई केही समयका लागि होल्डमा राखेका छन् ।

यता फिल्मका प्रमुख अभिनेत्रीहरू आलिया, कट्रिना र प्रियङ्काको पनि अहिलेलाई समय छैन । आलिया ’रकी और रानीकी प्रेम कहानी’ रिलिजको तयारीमा छिन् । यसपछि उनी हलिउड प्रोजेक्ट ‘हार्ट अफ स्टोन’मा व्यस्त हुनेछिन् ।

त्यस्तै प्रियङ्का हलिउड प्रोजेक्ट ‘हेड अफ स्टेट’मा व्यस्त छिन् । कट्रिनाको फिल्म टाइगर ३’ क्रिसमसमा रिलिज हुँदैछ । निर्माण पक्षले तीन प्रमुख अभिनेत्रीको समान समय मिलेपछि मात्र फिल्मको काम सुरु गर्नुपर्ने हुन्छ । निर्माण पक्ष भने कास्टिङमा फेरबदल गरेर फिल्म सुरुवात गर्ने योजनामा छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : ४२ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले