‘ए ढाक्रे दाइ’ साउन ५ गतेबाट प्रदर्शनमा आउने « Khabarhub

‘ए ढाक्रे दाइ’ साउन ५ गतेबाट प्रदर्शनमा आउने


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको नेपाली चलचित्र ‘ए ढाक्रे दाइ’ आगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्रका निर्देशक निरञ्जन कसजू (माइला) हुन् । कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक विषयलाई चलचित्रमा उतारेको बताए बताए ।

‘त्यतिबेला पहाडतिरबाट एक दुई महिना हिँडेर ढाक्रेहरु बटौली बजार आउँथे र जडिबुटी, घिउ, भटमास बेचेर नुन, तेल, लत्ता कपडालगायतका अत्यावश्यक सामग्रीहरू किनेर लान्थे,’ निर्देशक कसजूले भने, ‘हाम्रा अग्रजहरूले खेपेको सोही दुःखकष्टको जीवन भोगाइलाई फिल्ममा प्रस्तुत गरेको छु ।’

उनले अहिलेको पुस्तामाझ तत्कालीन ऐतिहासिक ग्रामीण जीवनलाई देखाउन चाहेको खुलाए ।

चलचित्रमा ध्रुप कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजा लगायतले अभिनय गरेका छन् । सुमन थापा र विनोद चौधरीको छायांकन रहेको चलचित्रमा सुरेश सेन्चुरीकाे संगीत, एनकेएम र तेजप्रसाद पाण्डेको शब्द, लोकेन्द्र शाह र एन के एमको नृत्य निर्देशन छ । 

युनिक मुभिजको प्रस्तुतिमा राजन कसजू सहनिर्माता रहेको चलचित्रको सम्पादन विजय पोखरेल र विनोद चौधरीले गरेका हुन् । फिल्मको बितरण आरआर फिल्म प्रोडक्सनले गर्दैछ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : ५६ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको