जसपाको केन्द्रीय समिति बैठक बस्दै, विधान मस्यौदा अनुमोदन गरिने « Khabarhub

जसपाको केन्द्रीय समिति बैठक बस्दै, विधान मस्यौदा अनुमोदन गरिने


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

भोलिदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार भोलिदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदालाई अनुमोदन गर्नका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरे पछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ ।

भोलिको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरू सहभागी हुदैँछन् । 

यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधान माथि छलफल हुनेछ र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ ।

विधान अधिवेशनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विधान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : १२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४