काभ्रे जिल्ला प्रशासनको सेवामा सरलीकरण « Khabarhub

काभ्रे जिल्ला प्रशासनको सेवामा सरलीकरण


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काभ्रे– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्लो समय आफ्नो सेवा प्रवाहमा सरलीकरण गरेको जनाएको छ ।

यसबाट सेवाग्रहीलाई धेरै समय कुर्नुपर्ने अवस्थाको अन्त्य समेत भएको छ। चालु आर्थिक वर्षको ११ महिनाको समीक्षाका क्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालयभित्रका प्रशासनिक सेवा प्रवाहलाई सहज बनाइएको बताए ।

उनका अनुसार सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रवाह गरेको, अतिरिक्त समय (बिहान–बेलुका) समेत सेवा प्रवाह गरेको, एक स्थानदेखि अर्को स्थान जानुपर्ने अवस्थालाई कम गरिएको, सम्बन्धित सेवा एकत्रित गरिएको, एक प्रकृतिको सेवा एकै लहरमा राखिएको, टाइम तथा टोकन प्रणाली लागू गरिएको, सेवाको मिति समय र सेवाग्राहीलाई प्रक्रियासमेत उल्लेख गरी टाइम कार्ड वितरण गरिएको, राहदानी आवेदनमा ‘डबल स्क्रिन’को व्यवस्था गरिएको छ ।

यस्तै, नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवाका क्षेत्रमा नागरिकले थोरै समयमा सहजरुपमा सेवा प्राप्त गरेको पौडेलले बताए । उनका अनुसार राष्ट्रिय परिचयपत्रका लागि जेठ महिनामा मात्रै दुई हजार नौ सय ३३ र राहदानीका लागि दुई हजार चार सय २१ ले फोटो खिचाएका छन् । नयाँ नागरिकता एक हजार छ सय ८९ ले प्राप्त गरेका छन् भने प्रतिलिपि नागरिकता नौ सय ८५ जनाले प्राप्त गरेका छन् ।

स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा निरन्तर अन्तरक्रिया तथा सूचना प्रवाहमा वृद्धि, प्रक्रिया पुगेकै समयमा सेवाको सुनिश्चिता गरेका कारण सेवाको सङ्ख्ययामा उल्लेख्य वृद्धि भएको जनाइएको छ ।

त्यस्तै कार्यालयले विपद् सङ्कट व्यवस्थापनका लागि जिल्लास्थित सुरक्षा निकायको तीन वटा खोज तथा उद्धारसम्बन्धी अभ्यास तथा प्रतिकार्य योजना तयारी गरेको पौडेलले बताए ।

उनले कार्यालयको भौतिक संरचना थप मिलान गरी सेवा प्रवाह गर्ने डेस्कको व्यवस्थापन गरिएको, राहदानी, नागरिक सहायता, दर्ता चलानी तथा सङ्घ संस्थाका लागि अलग्गै डेस्क खडा गरिएको, बैठक कक्ष, पार्किङस्थल तथा प्राङ्गण निर्माण, निरन्तर सरसफाइको प्रबन्ध, सेवाग्राहीको प्रतीक्षास्थलको व्यवस्था र आफ्नै निर्माणाधीन भवनको मुद्दाको पहिलोपटक सुनुवाइ भएको जानकारी दिए ।

यसैगरी कार्यालयले शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा विशेष ध्यान दिएको जनाएको छ । कार्यालयमा आएका शतप्रतिशत गुनासोको सुनुवाइ गरिएको तथा सबै उजुरीउपर कारबाही सुरु गरिएको छ भने मुद्दा फछ्र्योटलाई प्राथमिकता दिइएको पौडेलले बताए ।

उनका अनुसार बितेको चार महिनामा दुर्गम मानिएको महाभारत गाउँपालिकाबाट तीन गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको, खानीखोला गाउँपालिकालाई सुत्केरी उद्धार कार्यक्रममा समेट्न सिफारिस, महिला बालबालिका वैदेशिक रोजगारमा आश्रित परिवार केन्द्रित कार्यक्रम सञ्चालन तथा जिल्लाका सहिदको सूची यकिन गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : १२ बजे

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण