नेपालका पहिलो ‘म्युजिक एरेन्जर’ मदन परियार | Khabarhub Khabarhub

नेपालका पहिलो ‘म्युजिक एरेन्जर’ मदन परियार



मदन परियारको जन्म काठमाडौँमा भयो। उहाँका पिता रेडियो नेपालका पुराना वाद्यवादक थिए। आफ्ना पिताको प्रेरणाले उहाँलाई पनि सङ्गीतमा ल्यायो। उनी कुशल ‘एकोडिङ वादक’ हुन्।

नेपालबाट भारतको बम्बई फिल्म उद्योगमा गएर सङ्गीतकर्मीका रूपमा आफ्नो पाइला टेक्न खोज्ने सङ्गीतकारमा भोला श्रेष्ठ, होमनाथ उपाध्याय मदन परियारको नाम आउँछ।

परियार आरडी बर्मनका ५ नेपाली भाइमध्ये प्रिय सङ्गीतकर्मीका रूपमा परिचित व्यक्तित्व हो। उनको बम्बईको यात्रा नेपाली सङ्गीतका अपूरणीय लाभ भयो। सङ्गीतका दुई पक्ष हुन्छन्। एउटा सङ्गीतको लय भर्ने र अर्को सङ्गीतको शृङ्गार गर्ने। सङ्गीतको लय एउटा कल्पना हो। नेपालमा म्युजिक एरेन्जरको काम सुरु गर्ने पहिलो श्रेणीका सङ्गीतकार हुन् मदन परियार।

उनी नहुँदा सङ्गीतकार स्वयमले म्युजिक एरेन्जमेन्ट गर्ने चलन थियो। नेपालमा म्युजिक एरेन्जरको काम सुरु गर्नुपर्छ भनेर मदन परियारको समयदेखि सुरु भएको हो। पछि शुभबहादुर सुनाम, गणेश परियार सबैले म्युजिक एरेन्जरको काम सुरु गरे। एउटा गीत बन्न गीतकार, सङ्गीतकार र गायक तथा गायिका गरेर तीन पक्ष चाहिन्छ। ती तीन जनालाई जोड्ने पुलको काम ‘म्युजिक एरेन्जर’को हो।

परिवार म्युजिक एरेन्जरका रूपमा आएपछि धेरै राम्रो सङ्गीतकारका सङ्गीतलाई उनले सङ्गीतले सजाए। परियारको अर्को अहम् भूमिका भनेको वाद्यवादक हो। (पोहोर साल खुसी फाट्यो जतन गरी मनले टालेँ) यो अम्बर गुरुङ, राजेन्द्र थापा, अरुणा लामाको ‘माइल्सटोन’ गीत हो।

अम्बर गुरुङले यो गीतको सङ्गीत परिकल्पना गर्दा धेरै बाजा सम्झिएका थिए रे ! तर गीतको छुट्टै पीडा छ। त्यसलाई सङ्गीतले सजाउँदा सबैभन्दा पावरफुल बाजा मदन परियारले बजाए। अर्को बाजा सिके रसाइलीले बजाए।

नेपाली सङ्गीत आकाशमा रेडियो नेपालको वार्षिक उत्सव होस् वा रेडियो नेपालले बाहिर गर्ने कार्यक्रम होस्। त्यहाँ मदन परियार सधैँ म्युजिक ‘कन्डक्ट’ गरिरहेको देखिन्थ्यो।

‘म रोए पनि तिमी हाँसी दिनु’ लगायतका गीतमा परिवारले सङ्गीत गरेका छन्। उनले गीतकार चरन प्रधान, देश बन्धु कार्कीका सारै राम्रा गीतहरू सङ्गीत गरेका छन्। उनले देव बज्राचार्यको गीतलाई सङ्गीत गरेका छन् भने गीतकार देव बज्राचार्यलाई गीत पनि गाउन लगाएका छन्।

परियारका एउटै साङ्गीतिक परिवारबाट चार पुस्ता आएको छ। पिता वाद्यवादक, मदन परियार सङ्गीतकर्मी वाद्यवादक, छोरी सपना श्री प्रसिद्ध गायिका। जसर्ला लोकले मन पराएको छ। सपना श्रीकी छोरी पनि गायिकाको रूपमा परिचित छन्।

उनको जीवनको लामो समय काठमाडौंको मध्ये भाग अशनको छेउमा महाबौद्धमा बित्यो। उनको घरमा गायक सङ्गीतकारले भरिभराउ हुन्थ्यो। त्यस्तो प्रसिद्ध सङ्गीतकार छोराको मृत्युपछि एक्लो भए। नेपालबाट प्राइभेट क्षेत्रबाट फिल्म बन्ने जब सरकाबाट उद्घोष भयो त्यसबेला तीन वटा सिनेमाको घोषणा भयो। त्यसमा एउटा सिनेमाको नाम आदर्श नारी थियो। त्यसमा हेम लामाले परिवारलाई सङ्गीतकारका रूपमा लिए। यो एउटा ठुलो चुनौतीको कुरा थियो।

मदन परियार जो सामान्य चर्चामा रहेका सङ्गीतकार चर्चामै आउन नसकेका सङ्गीत संयोजक अनि कुशल वाद्यवादकलाई हेम लामाले पहिलो नजरमै पहिलो चलचित्र सङ्गीतकारको रूपमा चिनिए। आदर्श नारीमा मदन परियारले सङ्गीत गर्ने भएपछि त्यस फिल्मको लागि उनले एउटा भजन राष्ट्रिय गीत र प्रेम गीतमा सङ्गीत गरे। गायकमा उनले भक्तराज आचार्य, प्रकाश श्रेष्ठ, तारा थापालाई गीत सिकाए। तर, निर्देशक हेम लामा गायक भक्तराज आचार्यको बीचमा सामान्य मनमुटाब भएपछि भक्तराज आचार्य फिल्मबाट बाहिरिए। यो गीत अर्को गायकले गाएका हुन। तर प्रकाश श्रेष्ठ तारा थापाले यो फिल्मका नायक नायिकाका निम्ति राम्रा गीतहरू गाए। ‘यस्तो रमाइलो साँझमा माया छ मुटुको माझमा’ मनोज लामाको शब्दमा, मदन परियारको संगीतमा प्रकाश श्रेष्ठले गाएका छन्।

‘यो मेरो देश यहाँको धर्ती’ तारा थापाले गाएको गीतमा अंश मालाले अभिनय गरे। यो आदर्श नारी फिल्म सबै कलाकारका लागि नयाँ थियो। त्यसलाई मदन परियारको सङ्गीतले चार चाँद लगाएको थियो। भने गीतकार मनोज लामालाई चलचित्र गीतकारको रूपमा स्थापित गरेको थियो।

मदन परियारले रेडियो नेपालको आफ्नो लामो अनुभव र बम्बईमा आरडी बर्मनसँगको सङ्गतको प्रतिफल यो चलचित्रमा प्रयोग गरे। त्यसमा पनि हेम लामाले कुनै फिल्म बनाएनन्। तर अहिले पनि आदर्श नारीका गीत गुन्जियो भने मदन परियार र हेम लामालाई सँगै सम्झना गरिन्छ भने गीतकार मनोज लामा पनि स्वतः स्मरणमा छन्।

निजी क्षेत्रबाट बनेको फिल्म आदर्श नारीका सङ्गीतकार मदन परियारले रेडियो नेपालमा कयौँ गीतमा सङ्गीत गरेका छन्। कयौँ गीतमा सङ्गीत संयोजन गरेका छन्। कयौँ गीतमा आफ्नो कुशल औलाले बाजा बजाएका छन्। तीनै महान् सङ्गीतकार मदन परियारप्रति हार्दिक श्रद्धाञ्जली। (नेपाली चलचित्रका सङ्गीतकार, रेडियो नेपालका आधुनिक सङ्गीतका सङ्गीतकार र नेपालका एक माननीय सङ्गीत संयोजक मदन परियारका बारेमा प्रकाश सायमीको धारण)

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : ४२ बजे

अर्बौँ रुपैयाँ कर नतिर्ने इन्टरनेट सेवा प्रदायकको अडान, सरकारदेखि अदालतसमेत उल्झनमा

काठमाडौं– इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई तिर्नुपर्ने कर नतिरेको विवादको मार

प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

रौतहट– मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय

लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा प्रहरीको मिसन ‘लालीगुराँस’ सफल

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहस्थित वृद्ध दम्पतीको हत्या लुट्नैका

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब

गोरखकाली रबर उद्योग सञ्चालन गर्न माग

गण्डकी– नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन