भारतमा एक युवकले ५ जनाको हत्यापछि आफैँलाई गोली हाने « Khabarhub

भारतमा एक युवकले ५ जनाको हत्यापछि आफैँलाई गोली हाने


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

उत्तर प्रदेश– भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको बीभत्स हत्या गरिएको छ । आफ्नो परिवारका ५ जना सदस्यको हत्या गरे पछि ती व्यक्तिले आफैँलाई गोली आत्महत्या गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन् । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बञ्चरोको प्रहारबाट हत्या गरेका थिए ।

प्रप्त जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जनाको हत्या गरेका हुन् । उनले माइजू र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रहरीले घरमा रहेका अन्य व्यक्ति र छिमेकीसँग सोधपुछ गरिरहेको छ ।

 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १० : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया