गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा प्रदान  « Khabarhub

गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा प्रदान 


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।

गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका साथै अल्ट्रासाउन्ड गर्ने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले जानकारी दिए। चारवटा स्वास्थ्यचौकी मार्फत उक्त सेवा प्रदान गरिँदै आएको छ ।

मैला स्वास्थ्यचौकी, गोठेलबाडा सामुदायिक स्वास्थ्य एकाइ, मदना स्वास्थ्यचौकी र भैसामाफ सामुदायिक स्वास्थ्य एकाइमा ६८ गर्भवतीको स्वास्थ्य जाँच गरिएको संयोजक ढकालले बताएका छन्।

यसअघि स्वास्थ्य सेवा लिन अधिकांश गर्भवती सदरमुकाम सिमकोट र छिमेकी जिल्ला बाजुरा अस्पताल जाने गरेका थिए । ‘गाउँकै स्वास्थ्य संस्थाबाट सेवा दिन थालेका छौँ’, उनले भने ।

ताँकोट–१ देखि वडा नम्बर पाँचसम्मका सम्पूर्ण गर्भवती तथा शिशुको अवस्था थाहा पाउन नियमित जाँच गर्ने गरिएको छ । उक्त सेवा प्रभावकारी भएको  गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए। दुर्गम गाउँमा स्वास्थ्य शिविरसमेत समय समयमा सञ्चालन गर्दैआएको उनले बताए ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १२ : १८ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको