रास्वपामाथि भ्रम छर्ने काम भइरहेको छ : सभापति लामिछाने « Khabarhub

रास्वपामाथि भ्रम छर्ने काम भइरहेको छ : सभापति लामिछाने


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र पार्टीका नेताहरूमाथि भ्रम छर्ने काम भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि काम नगर्ने र कुरामात्रै गर्ने भनेर आफू र पार्टीका नेताहरूमाथि भ्रम छर्ने काम भइरहेको बताएका हुन् । उनले आफू र पार्टीले बिभिन्न समयमा धेरै काम गरेको भन्दै ८४ को निर्वाचनमा एक एक हिसाब लिएर जनतामाझ जाने जिकिर गरे । 

नागरिकका मुद्दाहरूमा दरो उपस्थिति आफैमा गहन कुरा भएकाले पाँच वर्षको हिसाब ब्याजसहित जनतालाई देखाउने उनको भनाइ छ । उनले संस्थागत रुपमा नै भिन्न ढंगले नयाँहरुलाई भिडाउने कामले कसैलाई फाइदा नहुने धारणा राखे । नयाँ राजनीतिक दलका रुपमा आएका र पुराना दलमा राम्रा काम गरिरहेका नेताहरूमाथि आफूहरूको कुनै लडाइ नरहेको उनले स्पष्ट पारे ।

उनले आफूहरूको साझा शत्रु भ्रष्टाचार भएकाले त्यसका लागि लडिरहेको जिकिर गरे । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १ : २६ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने