बाढीपहिरोमा बेपत्ता भएकालाई खोज्दै मोति र पिक्कु « Khabarhub

बाढीपहिरोमा बेपत्ता भएकालाई खोज्दै मोति र पिक्कु


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

किमाथांका सङ्खुवासभामा बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए । एक सातासम्म पनि बेपत्ता भएकाहरू फेला नपरेपछि तालिम प्राप्त कुकुर माग गरी खोजी थालिएको हो । तालिम प्राप्त मोति र पिक्कु नाम गरेका कुकुर बेपत्ताको खोजी गर्न परिचालन गरिएको हो ।

नेपाल प्रहरीले धरानबाट ल्याइएको तालिम प्राप्त दुई वटा कुकुरको सहायतामा आज बिहान सभाखोलादेखि खोजी थालिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । नेपाल प्रहरीको तालिम प्राप्त कुकुरले हेवाखोला र सभाखोला किनारमा बेपत्ताको खोजी गरिरहेको उनले बताए । मोति र पिक्कुसँगै प्रहरी, सेना र सशस्त्र प्रहरी गरी झण्डै एक सुरक्षाकर्मी परिचालन गरिएको छ । खोला किनारमा ६० फिटभन्दा बढी बालुवा थुप्रिएका कारण उद्धार टोलीलाई बालुवा हटाउन समस्या भएको छ ।

बाढीपहिरोमा बेपत्ता भएकाको सुरक्षाकर्मीको टोलीले एक सातादेखि खोजी जारी राखे पनि उनीहरूको अवस्था पत्ता नलागेपछि तालिम प्राप्त कुकुर ल्याएर खोजीलाई तीव्रता दिइएको प्रजिअ कार्कीले बताए। उनका अनुसार कुकुरको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आज र भोलि हेवाखोला र सभाखोला किनार आसपास खोजी गर्नेछन् । बेपत्ताको खोजीका लागि हेवाखोला र सभाखोलाको बगरमा अन्य सुरक्षाकर्मी पनि परिचालित छन्  ।

बाढीपहिरोको कारण जिल्लाका विभिन्न स्थानका २१ घरपरिवार विस्थापित भएका छन् । विस्थापित भएका २१ घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । बाढीपहिरोमा परी बेपत्ता भएका २० जनामध्ये सुपर हेवाखोला जलविद्युतका १६ जना, अपर हेवाखोला जलविद्युत् आयोजनाका एक, अमर कन्ट्रक्सनका एक र सभाखोपरी गाउँपालिकाका दुई जना छन् ।

बाढीपहिरोको कारण जिल्लाका आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ३ : १२ बजे

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न

रास्वपा सिरहा अधिवेशनमा कुटाकुट : र्‍यापिड एक्सन टिमका सदस्यको सर्टमा प्वाल पर्यो, औँला भाँचियो !

सिराहा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व

खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका राईद्वारा पार्टी छाडेको घोषणा

खोटाङ – खोटाङमा नेकपा एमालेबाट दुई पटक निर्वाचित वडाध्यक्षले पार्टी

ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्यता पत्र बनाइएको भन्दै एमालेको आपत्ति

काठमाडाैं – नेकपा (एमाले)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा

परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट

काठमाडौं – परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत