तस्वीर- क्यान

क्रिकेट

नेपालको सातौँ विकेट गुम्यो, दीपेन्द्रसिंह ऐरी पनि आउट

By खबरहब

June 24, 2023

काठमाडौँ- नेपालले आईसीसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरण अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध सातौँ विकेट पनि गुमाएको छ ।

लगातार विकेट गुमाएको नेपालका दीपेन्द्रसिंह ऐरी आउट भएका हुन् ।

जारी खेलको ३३ ओभर ५ बलमा उनी आउट भएका हुन् । लोगन भान बिकको बलमा उनी कट बिहाइन्ड भएका हुन् । उनको क्याच डच विकेटकिपर स्कट एडवार्डले समाते ।

उनले २१ बल खेल्दै १४ रन बनाए ।