आगामी निर्वाचनमा एमाले एक्लैले १५० सिट ल्याउँछ : सचिव भट्टराई « Khabarhub

आगामी निर्वाचनमा एमाले एक्लैले १५० सिट ल्याउँछ : सचिव भट्टराई


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा एक्लै १५० सिट हासिल गर्ने दाबी गरेका छन् ।

शनिबार सर्लाहीको लालबन्दीमा नेकपा एमाले मधेश प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै भट्टराईले मिसन ८४ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने दाबी गरेका हुन् ।

उनले अहिलेको जस्तो टाइमपास सरकार बनाएर मुलुकको अर्थतन्त्र, वैदेशिक सम्बन्ध धरासायी बनाउने कार्यलाई बन्द गर्ने जिकिर गरे । अहिलो संसदमा कमजोर पार्टीको नेतृत्वमा बनेको सरकारले मुलुकलाई सहि दिशा नदिने उनले बताए ।

उनले यसअघि एमालेलाई मधेश प्रदेशबाट लखेट्न अनेक प्रयास भएको भएपनि मधेशका नेता कार्यकताहरु एकजुट भएका कारण उक्त प्रयास असफल भएको बताए ।

उनले केहि समय अघि मधेश कै नाममा मुलुक विभाजन गर्न खोजेको र अन्तराष्ट्रिय शक्तिले पनि साथ दिइसकेको अवस्थामा एमालेले दृढ भएर प्रतिकार गरेको धारणा राखे ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ६ : ०० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा