विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

आज असार ९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून २४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

निजी सैनिक कम्पनी वाग्नर समूहलाई आत्मसमर्पण गर्न रुसी रक्षा मन्त्रालयको आग्रह
रूसमा निजी लडाकु कम्पनी वाग्नर समूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ ।

“हामी तपाईंलाई विवेकशील हुन र रूसी रक्षा मन्त्रालय वा कानून प्रवर्तन एजेन्सीका प्रतिनिधिहरूसँग जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गर्दछौं । हामी सबैको सुरक्षाको प्रत्याभूति दिनेछौं,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रूसी संघीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले वाग्नर निजी सैन्य समूहका प्रमुख येभ्गेनी प्रिगोजिनविरुद्ध सशस्त्र विद्रोहका लागि उक्साएको अभियोगमा फौजदारी मुद्दा दायर गरिएको जनाएको छ ।

प्रिगोजिनको टेलिग्राम च्यानलमार्फत् विद्रोहको चेतावनीका थुप्रै श्रव्य सामग्री पोस्ट गरिएपछि यो अपिल आएको हो ।

रूसी समाचार संस्था तासका अनुसार यी रेकर्डिङमा प्रिगोजिनले आफ्नो एकाइमा आक्रमण भएको दाबी गर्दै रूसको सैन्य नेतृत्वलाई आक्रमण गर्ने योजना बनाएको उल्लेख छ ।

यी घटनाहरूपछि मस्कोमा सुरक्षा उपायहरू उल्लेखनीय रूपमा सुदृढ गरिएको छ । अत्यावश्यक सुविधाहरू, राज्यका संस्थाहरू र यातायात पूर्वाधारहरूलाई उच्च सुरक्षामा राखिएको छ र प्रहरी र प्रतिकार्य एकाइहरू उच्च सतर्कतामा राखिएको तास समाचार एजेन्सीले जनाएको छ ।

बेइजिङका विद्यालयलाई आउटडोर गतिविधि नगर्न स्थानीय अधिकारीको आह्वान
चीनको राजधानी बेइजिङका महत्वपूर्ण क्षेत्रमा पछिल्लो समय उच्च तापक्रमको लहर चलिरहेको भन्दै नगर अधिकारीहरूले विद्यालयहरूलाई बाहिरी गतिविधि आयोजना नगर्न आग्रह गरेका छन् ।

नगर शिक्षा अधिकारीहरूले स्थानीय विद्यालयहरूलाई विद्यार्थीहरूको भलाई सुनिश्चित गर्नका लागि धेरै बाहिरी गतिविधिहरू आयोजना नगर्न आग्रह गरेका हुन् ।

शुक्रबार राति, सम्बन्धित अधिकारीहरूले एक सूचना जारी गर्दै विद्यार्थीहरूको लागि बाहिरी गतिविधिहरूको समय परिमार्जन गर्न र उच्च तापमान मौसमको अवधिमा कक्षाहरू कम गर्न वा स्थगित गर्न विशिष्ट उपायहरू सोच्न आग्रह गरेका हुन् ।

आइतबारदेखि सुरु हुने तीन दिने ड्रागन बोट फेस्टिभलको बिदापछि विद्यालयहरूलाई चर्को गर्मीका कारण विद्यार्थीहरूका लागि धेरै ‘आउटडोर’ गतिविधिहरू आयोजना नगर्न सल्लाह दिइएको सूचनामा उल्लेख छ ।

बेइजिङले शुक्रबार उच्च तापक्रमका लागि ‘रेड अलर्ट’ जारी गरेको छ । चीनको सावधानी प्रणालीमा यो सबैभन्दा कडा चेतावनी हो । शहरको मौसम विज्ञान केन्द्रले यसअघि गरेको पूर्वानुमानअनुसार बेइजिङका अधिकांश क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म अधिकतम तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ ।

रुसी सैन्य नेतृत्वविरुद्ध वाग्नर समूहको विद्रोह सुरु, ‘धोका’ भएको पुटिनको भनाइ

रुसको भाडाका सैनिक तैनाथ गर्ने निजी कम्पनी वाग्नर समूहले सैन्य विद्रोह सुरु गरेको छ । वाग्नर समूहले रुसको दक्षिणी सैन्य जिल्लामा विद्रोह सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीले जनाएअनुसार वाग्नर समूहका प्रमुख गेभ्गेनी प्रिगोजिनले आफ्ना लडाकुहरुले युक्रेनी सीमा पार गरी रुस प्रवेश गरेको घोषणा गरेका छन् ।

हाल वाग्नर समूहका भाडाका लडाकुहरुले रुसको दक्षिणी सहर रोस्टोभ अन डोनलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ । प्रिगोजिनले आफ्नो बाटो रोक्न खोज्ने जो कसैलाई पनि आफ्ना लडाकुले ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

सैन्य विद्रोह जारी रहेको रुसी भूभागका गभर्नरले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेका छन् । वाग्नर समूहले युक्रेनमा जारी रुसी आक्रमणमा महत्वपूर्ण भूमिका निवाह गर्दै आएको छ ।

यद्यपि पछिल्लो समय वाग्नर समूहका प्रमुख प्रिगोजिनले रुसी सैन्य नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गर्दै आएका छन् ।

यता, रूसी सेनाले मुलुकको सैन्य नेतृत्वविरुद्ध जारी विद्रोह गर्न रोक्न वाग्नर समूहका भाडाका लडाकुको ‘सुरक्षाको ग्यारेन्टी’ गर्ने बताएको छ ।

प्रिगोजिनको ‘आपराधिक उद्यम’ र सशस्त्र विद्रोहमा भाग लिएकोमा धोका दिइएको भन्दै रुसी सेनाले भाडाका लडाकुलाई स्थायी तैनथीका स्थानमा फर्कन आह्वान गरेको छ ।

यसअघि रुसी राष्ट्रपचि भ्लादिमिर पुटिनले सैन्य विद्रोहलाई ‘धोका’ को संज्ञा दिँदै रुसको रक्षामा आफू दृढ रहेको जनाएका थिए ।

अमेरिकाले लडाकु विमानको इन्जिन भारतमा बनाउने
अमेरिकाले लडाकु जेटको विमानको इन्जिन भारतमा बनाउने भएको छ ।

अमेरिका र भारतका बिचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा सो सहमति भएको हो ।

अमेरिकाले जेट इन्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसलाई सैन्य क्षेत्रमा दुई देश बीचमा ऐतिहासिक र महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

सो अवसरमा अमेरिकाको जनरल इलेक्ट्रिक र भारतको सरकारी स्वामित्वको हिन्दुस्तान एरोनोटिक्स लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।

मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेन बीचको भेटवार्ता पछि दुबै देशका कम्पनीका बीचमा सम्झौता भएको हो । अमेरिकामा निजी कम्पनीहरूले सैन्य सुरक्षा सामग्री उत्पादन गर्दै आएका छन् ।

मोदी २१–२३ जुनसम्म अमेरिकाको राजकीय भ्रमणमा रहेका थिए । तीन दिने भ्रमण सकेर मोदी शनिवार मिश्रतर्फ प्रस्थान गरेका छन् ।

भारतमा एक युवकले ५ जनाको हत्यापछि आफैँलाई गोली हाने

भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको बीभत्स हत्या गरिएको छ । आफ्नो परिवारका ५ जना सदस्यको हत्या गरे पछि ती व्यक्तिले आफैँलाई गोली आत्महत्या गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन् । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बञ्चरोको प्रहारबाट हत्या गरेका थिए ।

प्रप्त जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जनाको हत्या गरेका हुन् । उनले माइजू र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रहरीले घरमा रहेका अन्य व्यक्ति र छिमेकीसँग सोधपुछ गरिरहेको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : ५९ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्