बङ्गलादेशमा माइक्रोबसको सिलिण्डर विस्फोट, सात जनाको मृत्यु « Khabarhub

बङ्गलादेशमा माइक्रोबसको सिलिण्डर विस्फोट, सात जनाको मृत्यु


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बङ्गलादेशको मध्य फरिदपुर जिल्लामा शनिबार बिहान ग्यासबाट चल्ने माइक्रोबस राजमार्गको डिभाइडरमा ठोक्किँदा ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।

राजधानी ढाकाबाट करिब १०१ किलोमिटर टाढा फरिदपुरको भाङ्गा प्रहरी चौकीका इन्चार्ज जियारूल इस्लामले पत्रकारलाई बताएअनुसार अत्यधिक गतिका कारण चालकले सवारी साधनमाथि नियन्त्रण गुमाएपछि माइक्रो बस राजमार्गको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

ढाकातर्फ जाँदै गरेको माइक्रोबसमा सिलिण्डर पड्केर आगलागी भएको र सातै जनाको जलेर मृत्यु भएको उनले जानकारी दिए ।स्थानीयवासीले दिएको जानकारीअनुसार दमकल केही समयमा नै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिए पनि उनीहरूले यात्रुहरूलाई बचाउन सकेका थिएनन् ।

बङ्गलादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा बढी छ । मुख्यतया राजमार्गको खराब अवस्था, गाडीको उचित मर्मत सम्भारको अभाव, ग्यास सिलिण्डर विस्फोटसँग सम्बन्धित आगलागी, चालकहरूद्वारा ट्राफिक नियमको उल्लङ्घन र ट्राफिक विभागको अनुगमनको अभावका कारण बङ्गलादेशमा हरेक बर्ष हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन् ।

बङ्गलादेशमा मुस्लिम धर्मावलम्बीको इद उल फित्र पर्वका क्रममा अप्रिल १५ देखि अप्रिल २९ सम्म ३०४ वटा सवारी दुर्घटनामा परी ३२८ जनाको मृत्यु हुनुका साथै ५६५ जना घाइते भएका छन् ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : १४ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र