पहिरो हटाएपछि कान्तिलोक पथ सडक पुन: सञ्चालन « Khabarhub

पहिरो हटाएपछि कान्तिलोक पथ सडक पुन: सञ्चालन


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ र हेटौँडा जोड्ने कान्तिलोकपथमा खसेको पहिरो हटाइ यातायात सञ्चालन गरिएको छ । ललितपुरको भट्टेडाँडास्थित प्रहरी चौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो खसेको थियो । दिउँसो पहिरो हटाइ अपराह्नबाट यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरो खसेपछि हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेका सवारी साधनलाई मकवानपुरको ठिंगनमा प्रहरीले रोकेको थियो । आज बिहानैदेखि पानी परिरहेकाले मौसममा सुधार आएपछि पहिरो हटाइएको हो ।

मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी, चित्लाङ र थानकोटतर्फको यातायात पनि सञ्चालनमा रहेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको भनाइ छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ३२ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच