वेस्ट इन्डिजविरुद्ध जिम्बावेको सहज जित « Khabarhub

वेस्ट इन्डिजविरुद्ध जिम्बावेको सहज जित


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बावेले वेस्ट इन्डिजलाई पराजित गरेको छ ।

जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबमा आज भएको खेलमा घरेलु टोली जिम्बावेले वेस्ट इन्डिजलाई ३५ रनले पराजित गरेको हो । योसँगै समूह ‘ए’ बाट घरेलु टोली जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्डस् प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन् । सोही समूहमा रहेका नेपाल र अमेरिका भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

घरेलु टोली जिम्वावेले वेस्टइन्डिजलाई जितका लागि दुई सय ६९ रनको चुनौती दिएको थियो । जवाफमा वेस्ट इन्डिज ४४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३३ रनमा समेटियो ।

वेस्ट इन्डिजका लागि कायल मयरर्सले सर्वाधिक ५६ रन बनाए भने रोस्टोन चसेले ४४ रन बनाए । त्यस्तै कप्तान साइ होपले ३० रन बनाउदाँ निकोलस पुरनले ३४ रन बनाए । ब्रेन्डन किङ्गले २० तथा जेसन होल्डर १९ रनमा आउट भए ।

जिम्बावेका तीव्रगतिका बलर टेन्डाइ चताराले सर्वाधिक तीन विकेट लिए भने सिकन्दर राजा, ब्लेसिङ मुर्जाबानी र रिचर्ड नगारावाले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावेले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६८ रन बनाएको थियो । जिम्बावेका लागि सिकन्दर राजजाले ५८ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाएका थिए । यसैगरी रायन बर्लले ५० रन जोडे भने क्रेग इर्विनले ४७ तथा सन विलियम्सले २३ रन बनाए ।

वेस्टइन्डिजका किमो पलले तीन विकेट लिए भने अल्जारी जोसेफ र अकिल हुसैनले समान दुई–दुई विकेट लिए । अब जिम्बावेले समूह चरणको आफ्नो अन्तिम खेल सोमबार अमेरिकासँग खेल्नेछ । त्यस्तै वेस्टइन्डिजले सोमबार नै नेदरल्यान्डस्सँग खेल्नेछ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : ५९ बजे

सशस्त्र प्रहरीद्वारा मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो

मुस्ताङ– मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सशस्त्र

प्रधानमन्त्रीको भ्रमणसँगै चीनले हटायो पाँच बेलायी सांसदमाथिको प्रतिबन्ध

बेइजिङ- बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले चीनको औपचारिक भ्रमण गरेका छन्

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु