सूचना प्रविधि सरकारको प्राथमिकता छ : अर्थमन्त्री महत « Khabarhub

सूचना प्रविधि सरकारको प्राथमिकता छ : अर्थमन्त्री महत


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले सूचना प्रविधिको क्षेत्रलाई महत्त्व र प्रथामिकता दिएको बताएका छन् । आइसिटी फाउन्डेसनले यहाँ आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२३ को समापन गर्दै उनले सरकारले सूचना प्रविधिको प्रवर्द्धन र संरक्षण गर्ने नीति अघि सारेको बताए ।

उनले सूचना प्रविधिमा युवा पुस्ताको आकर्षण भइरहेको भन्दै सरकारले सूचना प्रविधि क्षेत्रलाई उचित सम्मान दिन नसकेको समेत बताए । अर्थमन्त्री डा महतले अहिले ठूलो मात्रामा सफ्टवेयर निर्यात पनि भइरहेको बताए । नेपाललाई डिजिटल उत्पादनको हव र सफ्टवेयर निर्यातको हव बनाउने उनको भनाइ राखे ।

कार्यक्रममा सांसद प्रदीप पौडेलले प्रविधिका माध्यमबाट मुलुकको विकास गर्नुपर्ने बताए । अन्तर्राष्ट्रियस्तरमा प्रविधिको विकास द्रूतरूपमा विकास भइरहँदा आत्मसात गर्ने कुरामा नेपाल पछाडि पर्न नहुने उनको भनाइ छ ।

सांसद सूर्य ढकालले संसद्मा सूचना प्रविधिमैत्री नीति–नियम बनाउन पहल गर्ने बताए । उनले समाज, राजनीति र अर्थतन्त्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। सांसद शिशिर खनालले संसद्मा समयाभावका कारणले आफूले चाहेर पनि सूचना प्रविधिसँग सम्बन्धी सबै विषयवस्तु उठाउन नसकिएको बताए ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १० : ३८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब