कुवेतमा एक नेपालीको मृत्यु « Khabarhub

कुवेतमा एक नेपालीको मृत्यु


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

दोहा– वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल–१० रुपन्देहीका सुशान्त अर्याल छन् ।

विगत लामो समयदेखि गैरकानुनी रुपमा कुवेतमा बसोबास गर्दै आएका अर्यालको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

पछिल्लो केही समयदेखि स्वास्थ्यमा समस्या भएपछि नेपाल फर्किन खोज्दा नेपाली दूतावासबाट फिङ्गर गरेर डिटेन्सन सेन्टर पुर्‍याइएको थियो। तर उनको स्वास्थ्यमा थप गम्भीर समस्या देखिएपछि डिटेन्सन सेन्टरले पनि लिन मानेको थिएन ।

तर दूतावासले एक दुई दिनभित्र जसरी भएपनि नेपाल पठाइदिन अनुरोध गरेपछि डेटेन्सन सेन्टरले स्वीकार गरे पनि उडान हुने दिनसम्म उनको अवस्था नाजुक देखेपछि एयरलाइन्सले फिर्ता पठाएको थियो।

त्यसपछि त्यहाँको हसवियास्थित फर्वानिया हस्पिटलमा तीन दिनको उपचार पछि नेपाल उड्न एयरपोर्ट पुगेका अर्याललाई उनको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै एयरलाइन्सले पुनः फिर्ता पठाएको थियो। 

त्यसपछि पुनः हस्पिटलमा लगेर उपचाररत भइरहेको अवस्थामा उनको शुक्रबार मृत्यु भएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उनको शव चाँडै नेपाल पठाउने तयारी थालिएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ६ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै