गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा रोजगार वृद्धि प्राथमिकतामा « Khabarhub

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा रोजगार वृद्धि प्राथमिकतामा


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी सुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ ।

आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो योजना निर्माणको तयारीमा जुटेका बताए । उनले पहिलो चरणमा केही स्थानीय तहका प्रमुखसँग छलफल गरिएको र प्रदेशका ११ वटै जिल्लामा पुगेर योजनाबारे सुझाव लिने बताए ।

आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकारका मन्त्री, सचिव, विषय विज्ञलगायत सरोकार भएका पक्षसँग छलफल गरेर सुझाव लिने उनले बताए ।

यसै वर्ष दोस्रो आवधिक योजना निर्माण भई आउँदो आव २०८१–०८२ बाट कार्यान्वयनमा जानेछ । आव २०७६–०७७ बाट कार्यान्वयनमा आएको पहिलो योजनाको अन्तिम वर्ष भर्खर सुरु भएको छ ।

आयोगका उपाध्यक्ष डा. देवकोटाले यथार्थपरक, व्यवहारिक र कार्यान्वयनयोग्य योजना निर्माण गरिने उल्लेख गरे । उनले भने, ‘यथार्थपरक र प्रदेश सुहाउँदो आवधिक योजना बन्छ, सबै पक्षसँग व्यापक छलफल र अन्तरक्रिया गरेर योजनाको मस्यौदा तयार गर्छौं ।’

पहिलो योजनामा लक्ष्य हासिल भएका योजनालाई सवलीकरण गर्दै जाने र अपूरा लक्ष्य पूरा गर्ने गरी दोस्रो योजना बनाइने आयोगले जनाएको छ । पर्यटन, कृषि, प्राकृतिक स्रोतसाधनको उपयोग, गुणस्तरीय शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार वृद्धि, विद्युतीय सेवा प्रवाहजस्ता विषयलाई दोस्रो आवधिक योजनामा प्राथमिकता दिइने भएको छ ।

प्रदेश सरकारको ‘आत्मनिर्भर तथा समुन्नत प्रदेश ः सम्मानित प्रदेशवासी’को रणनीतिक लक्ष्यलाई टेवा पुग्ने गरी आवधिक योजनाको खाका कोरिने आयोगका उपाध्यक्ष डा. देवकोटाले बताए ।

समृद्ध प्रदेशको आधारशिला तयार गर्ने उद्देश्यसहित प्रदेशको पहिलो पञ्चवर्षीय योजना बनेको थियो । पहिलो योजनाले समाजवादोन्मुख, उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र, दिगो ऊर्जा सुरक्षा, कृषिको आधुनिकीकरण, कृषि प्रशोधन तथा खनिज उत्खनन, उद्योगधन्दा स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षा, पर्यटनलगायतका विषयलाई समेटेको थियो ।

पहिलो योजनाले विसं २१०० सालसम्ममा ‘समृद्ध प्रदेश, सुखी नागरिक’ बनाउने दीर्घकालीन सोच लिएको छ । दीर्घकालीन लक्ष्यमा उच्च उत्पादन, मर्यादित जीवन, समावेशी, सभ्य, न्यायपूर्ण र सुशासनयुक्त आधुनिक समाज भएको समृद्ध प्रदेश बनाउने विषय उल्लेख छ ।

अठार वटा रणनीति अवलम्बन, सात वटा समृद्धिका सम्वाहक, पाँच वटा सहयोगी क्षेत्र पहिचान, ११ प्रतिशतसम्मको आर्थिक वृद्धि, गरिबीको अन्त्य, प्रदेशवासीको औषत आयु ८२ वर्ष पु¥याउनेलगायत प्रदेशको दीर्घकालीन लक्ष्यमा समेटिएका छन् ।

नवलपुरको हुप्सीकोट गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डेले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले दिगो विकासको आधार तय गर्नुपर्ने बताए । उनले योजना तर्जुमा तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने उल्लेख गरे ।

पोखरा महानगरको सहरी योजना आयोगका उपाध्यक्ष प्रेम लामिछानेले प्रदेश र समग्र नेपालको अर्थव्यवस्था कस्तो हुने भन्ने विषयलाई आवधिक योजनाले दिशानिर्देश गर्नुपर्ने धारणा राखे । उनले चालु खर्च बढ्दै जानु र पुँजीगत बजेट न्यून हुँदा विकास निर्माणमा असर पुगेको बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : ११ बजे

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई