ग्रीसको जंगलमा आगो अनियन्त्रित, १९ हजारजनालाई स्थानान्तरण « Khabarhub

ग्रीसको जंगलमा आगो अनियन्त्रित, १९ हजारजनालाई स्थानान्तरण


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्रीसको रोड्स टापुको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरु परिचालन गरिए पनि बिगत ७ दिनदेखि जारी डढेलो नियन्त्रण बाहिर जाँदा हजारौं मानिस बिस्थापित भएका छन् ।

पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट पर्यटकसहित १९ हजार मानिसहरुलाई स्थानान्तरण गरिएको छ भने अर्को द्वीप कोर्फुबाट पनि मानिसहरुलाई स्थानान्तरण गर्न सुरु गरिएको छ ।

ग्रिसको आपतकालीन सेवाले आइतबार सूचना जारी गर्दै कोर्फु द्वीपका आधा दर्जन बस्ती खाली गराउन निर्देशन दिएको छ । थप नागरिकलाई स्थानान्तरण गर्ने काम भइरहेको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार डढेलो नियन्त्रणका लागि हेलिकप्टर र सय भन्दा बढी अग्नीनियन्त्रकहरु परिचालन गरिएका छन् ।

ग्रीसको किओटारी क्षेत्रका तीनवटा होटेलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीका कारण दर्जनौ घरहरु जल्नुका साथै साथै ३५ हेक्टरमा रहेको जंगल नष्ट भएको छ । बिगत १५ दिनदेखि जारी उच्च तापमानले ग्रीसको जनजीवन अस्तब्यस्त बनेको छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : २४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस