चिनियाँ शीर्ष नेता युआन र सभामुख घिमिरेबीच भेटवार्ता « Khabarhub

चिनियाँ शीर्ष नेता युआन र सभामुख घिमिरेबीच भेटवार्ता


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । काठमाडौंमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको छ । 

भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरे । ‘सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,’ उनले भने, ‘द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।’

सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गरे । उनले संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको बताउँदै तत्कालीन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धि र रसुवागढी–केरुङ रेल मार्गको विकासका लागि जोड दिए । 

हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै सभामुख घिमिरेको भनाइ छ । उनले नेपाल आउने पर्यटकको मुख्य हिस्सा चीनको रहेको बताउँदै जसले नेपालको पर्यटन उद्योगमा टेवा पुर्‍याएको उल्लेख गरे । 

जन गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चानशुको गएको वर्ष भएको भ्रमण र नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको एक महिना अघि भएको भ्रमणले संसदीय आदान प्रदान विस्तारित हुँदै गएको सभामुख घिमिरेको भनाइ छ ।

चीन संसारको आर्थिक शक्ति रहेको उल्लेख गर्दै सभामुख घिमिरेले नेपाललाई अन्नको भण्डार बनाउन नमूना कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे ।
सीपीसी नेता यान च्याचिनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने बताए । उनले आफ्नो नेपाल भ्रमणमा ८० लाख युआन अर्थात् नेपाली १४ करोड रुपैयाँ सहयोगको घोषणा गरे। 

नेता च्याचिनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तोसमेत दिए । सोमबार नै एलआरआई स्कूल कलंकीमा भएको कार्यक्रममा सभामुख घिमिरे र नेता च्याचिनले भाषा ल्याबको सुरुवात गरे ।  सभामुख घिमिरेले चीन नेपालको भरपर्दो विकास साझेदार रहेको बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १ : ५२ बजे

ग्यास अभावको असरः भारतमा रहेका नेपाली मजदुर फर्किंँदै

सुदूरपश्चिम – भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने

नेविसंघ अब कांग्रेसको भातृसंस्था नहुने, कार्यगत स्वायत्तता अपनाउने निर्णय

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) अब नेपाली कांग्रेसको भातृसंस्थाका

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

नवलपरासी – वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते