स्वास्थ्य मन्त्रालयद्वारा देशभरका औषधी पसलमा अनुगमन « Khabarhub

स्वास्थ्य मन्त्रालयद्वारा देशभरका औषधी पसलमा अनुगमन


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य मन्त्रालयले सोमबार देशभरका औषधी पसलमा अनुगमन गरेको छ । 

मन्त्रालयले काठमाडौं उपत्यका लगायत देशभरका औषधी पसलमा एकसाथ अनुगमन गरेको हो । काठमाडौंमा रहेका केही औषधी पसलको अनुगमनमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निस्किएका थिए ।

सो क्रममा औषधि पसलमा म्याद गुज्रिएका औषधीहरू राखेको पाइएको थियो भने बेच्ने अनुमति नपाएका औषधीहरू पनि राखिएको भेटिएको छ ।

नमूना प्रति औषधी र म्याद गुज्रिएका औषधी भेटिएपछि ललितपुरमा एक औषधी पसललाई कारवाही समेत गरिएको छ । मन्त्री बस्नेतले औषधी पसललाई व्यवस्थित गर्न र जिम्मेवार बनाउनका लागि सरकारले अनुगमन गरेको जानकारी दिए ।

उनले अनुगमनपछि आएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढाउने भन्दै निरन्तर अनुगमन जारी रहने बताए । 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  २ : ४५ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने