पर्वतमा ९० साना सिँचाइ आयोजना सम्पन्न « Khabarhub

पर्वतमा ९० साना सिँचाइ आयोजना सम्पन्न


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा गत आर्थिक वर्ष २०७९-८० मा ९० साना सिँचाइका योजना सम्पन्न भएका छन् । कृषि ज्ञान केन्द्रमार्फत जिल्लाका विभिन्न क्षेत्रमा सिँचाइका लागि ३० तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन इकाई कार्यालयअन्तर्गत ६० साना सिँचाइका योजना निर्माण गरिएका हुन् । 

सिँचाइको सुविधा नपुगेका सीमान्तकृत बस्तीमा प्रतियोजना  दुई लाखका दरले निर्माण गरिएका हुन् । यसअन्तर्गत कुला, सिमेन्टका पोखरी, प्लास्टिक पोखरी, ट्यांकी, बोरिङ, पाइप विस्तार, इनार, साना बाँधलगायतका मर्मत सम्भारका साथै सिँचाइ पूर्वाधार निर्माण गरिएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिए । 

 सहकारी, फार्म, किसान समूहको माग र भौगोलिक विकटता तथा आवश्यकताको आधारमा प्राथमिकता दिएर आयोजनाको छनोट गरिएको हो । धान जोन कार्यान्वयन इकाइका निमित्त प्रमुख सुजित पौडेलले चालु आर्थिक वर्षमा दुई कार्यालयमार्फत रु एक करोड ८० लाखको लागतमा ९० योजना सम्पन्न भएर यसै वर्षदेखि किसानले सिँचाइको सुविधा उपभोग गर्न पाएका बताए।  गत आवमा सम्पन्न साना सिँचाइ आयोजनाबाट करिब एक हजार दुई सय १० रोपनी क्षेत्रफलमा सिँचाइको पहुँच विस्तार भएको उनको भनाइ छ । 

‘स–साना बस्ती, फाँट, तरकारी फार्म र किसान समूहका लागि यस्ता योजना उपयोगी छन्’, पौडेलले भने । 

पहिला खोला खोल्साबाट कुलो बनाएर तरकारी र खेतमा सिँचाइ गर्ने गरेकोमा साना सिँचाइ आयोजनाले थप सहज भएको किसानले बताएका छन् । पानीको स्रोत नभएका राजमार्गको नाली उपयोग गरेर सिँचाइ गर्ने कतिपय बर्खे खोला खोल्सीको पानी सदुपयोग गर्न पनि साना सिँचाइ आयोजना प्रभावकारी देखिएका छन् । 

साना सिँचाइ आयोजनाबाट किसानलाई धान रोप्न, धानको बीउ राख्न र तरकारी खेतीमा सिँचाइ गर्न गर्न सजिलो भएको छ । पर्वतको नौ हजार ५० हेक्टर धानखेती हुने जमिनमध्ये झण्डै ६ हजार चार सय २० हेक्टरमा स्थायी सिँचाइ सुविधा पुगेको छ ।  

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ४ : ५१ बजे

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने

सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको

ओलीमाथिको स्थानहद हटाउने संकेत स्वागतयोग्य : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले पार्टी अध्यक्ष