धर्म निरपेक्षताले देश बर्बाद हुनेभयो, किरात भएर पनि हिन्दूराष्ट्रको वकालत गरिरहेको छु : लिङ्देन « Khabarhub

धर्म निरपेक्षताले देश बर्बाद हुनेभयो, किरात भएर पनि हिन्दूराष्ट्रको वकालत गरिरहेको छु : लिङ्देन


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धरान- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आयोजित धार्मिक पदयात्रामा सहभागी भएका छन् ।

हिन्दूराष्ट्र पुनःस्थापनाका लागि भन्दै साउनको दोस्रो सोमबार धरानमा आयोजित पदयात्रापछि बोल्दै अध्यक्ष लिङ्देनले साउन महिनादेखि सुरु हुनेगरी पार्टीले नवीन राप्रपा कार्ययोजना लागू गरेको जानकारी दिए । उनले यस योजना कार्यान्वयनका लागि देशका सबै स्थानीय तहमा ९०० जना नेताहरू परिचालित भएको बताए ।

‘मेरो कार्यक्षेत्र धरान उपमहानगरपालिका परेको छ’ उनले भने ‘आजैबाट कार्य प्रारम्भ गरेको छु’ उनले भने । उनले संगठनात्मक कार्ययोजना सुरु गर्ने क्रममा धरान उपमहानगरपालिका वडा नं १४ को विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा धार्मिक गतिविधिमा सहभागी भएको समेत बताए ।

लिङ्देनले ०६२/०६३ को राजनीतिक परिवर्तनपछि जनचाहनाविपरीत, बहुसंख्यक जनताको भावनाविपरीत जबर्जस्ती धर्मनिरपेक्षता कायम गर्दाको दुष्परिणाम देशमा यतिबेला देखिन थालेको बताए ।

धर्म निरपेक्षताले देशको दीर्घकालीन हित असम्भव रहेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले मुलुकको स्वतन्त्रता, पहिचान, एकता, सामाजिक सदभावका लागि हिन्दूराष्ट्र अपरिहार्य रहेको उल्लेख गरे ।

उनले धर्म निरपेक्षताका कारण देश बर्बाद हुने देखेर नै आफू किराँत धर्मावलम्बी भएर पनि हिन्दूराष्ट्रको वकालत गरिरहेको बताए । उनले धर्म निरपेक्षताको आडमा भइरहेको अवाञ्छित गतिविधि नियन्त्रण गरिनुपर्ने समेत बताए ।

लिङ्देन नेतृत्वको पदयात्रा पिण्डेश्वर मन्दिर, विजयपुरमा रहेका दन्तकाली, बुढाुब्बा मन्दिरमा समेत पुगेको थियो । सो अवसरमा राप्रपाका कार्यकर्ता, विभिन्न धार्मिक संघसंस्था र धर्मप्रति आस्था राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ६ : ५४ बजे

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना