प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो ।

सो सम्मेलनमा सम्बोधनपछि प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा स्थानीय समयअनुसार आज दिउँसो साढे १ बजे महासचिव गुटेरसको भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री दाहाल यही शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् । उनको साथमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाललगायत रहेका छन् । 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : ५७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया