धार्मिकस्थललाई पर्यटनसँग जोडेर विकास गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

धार्मिकस्थललाई पर्यटनसँग जोडेर विकास गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिकस्थललाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताए । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ च्यवनधाममा आजदेखि सुरु भएको बोलबम धार्मिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले धार्मिकस्थललाई पर्यटनसँग जोड्न सकिए विकास सम्भव रहेको उल्लेख गरे।

गण्डकी प्रदेश धार्मिक पर्यटनमा धनी रहेकाले धार्मिक पर्यटनको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ छ । मुक्तिनाथ च्वयनधाम पछिल्लो समय धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेकाले यसको आवश्यक पूर्वाधार विकासका लागि सरकार सकारात्मक रहेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।

उनले भने, “गण्डकी प्रदेश पर्यटनमा धनी छ, धार्मिक पर्यटनमा गण्डकी प्रदेशमा प्रशस्त सम्भावना छ । यसतर्फ सरकारको ध्यान गएको छ ।” च्वयनधाम र गौसंरक्षण केन्द्र सञ्चालनार्थ आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित च्यवनधाममा बोलबम महोत्सव आयोजना गरिएको हो । साउन १५ गतेसम्म हुने उक्त महोत्सवमा भागवत् मञ्जरी राधिका दासीजीले कथा वाचन गर्नेछन् ।

महोत्सव मूल समारोह समितिका संयोजक विमलप्रसाद रिमालका अनुसार महोत्सवका क्रममा भक्तजन तथा दानवीरबाट सङ्कलित रकम च्यवनधाम र गौ संरक्षण केन्द्रको विकासमा खर्च गरिनेछ । उनका अनुसार महोत्सवबाट रु एक करोड सङ्कलन गर्ने लक्ष्य छ । च्यवनधामले प्रत्येक वर्ष साउन महिनामा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ ।

च्यवनधाम पछिल्लो समय धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ । यहाँ शिव मन्दिरका साथै मुक्तिनाथकै झल्को दिने एक सय आठ धारा, एक सय आठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायतका संरचना बनाइएको छ । बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै बौद्ध गुम्बा पनि च्यवनधाम परिसरमा छ । बौद्ध धर्मावलम्बीको जागरूकतालाई सम्मान गर्दै गुम्बा पनि बनाएको च्यवनधाम समितिका अध्यक्ष होमनाथ लम्सालले बताए ।

मन्दिर क्षेत्रमा एक दशकको अवधिमा रु तीन करोडभन्दा बढी पूर्वाधार निर्माणमा लगानी गरिएको छ । उक्त रकम दान सङ्कलनसँगै सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि उपलब्ध गराएका छन् । मन्दिरमा अझै पनि पूर्वाधार थप गर्ने योजना छ । त्यसका लागि तीन तहका सरकारसँग सहयोग मागिने बताइएका छ ।

अब धाम परिसरमा बृहत् योजनाअनुसार विकास गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लम्सालले जानकारी दिए । गुम्बाको तलपट्टि मिनी चिडियाखाना बनाउने योजना बनाइएको छ । गण्डकीको तीरको ढिस्कोको माथिपट्टि हनुमानको मूर्ति र त्यसको तलपट्टि शनि देवताको मूर्ति बनाउने योजना छ । च्यवनधाममा नयाँ वर्ष, साउने सोमबार, कृष्णअष्टमी, बाला चतुदर्शी र शिवरात्रिमा भक्तजनको बढी घुइँचो लाग्छ ।

प्रत्येक वर्षको साउन महिनामा शिवपुराण लगाउने गरिएको छ । लम्सालका अनुसार साउनमा प्रत्येक सोमबार र शिवरात्रि पर्वको बेला यहाँ दैनिक पाँच हजारभन्दा बढी भक्तजन भेला हुन्छन् । च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पूजाअर्चना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ८ : २१ बजे

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले