भारतको नागाल्याण्डमा एक पटकमात्र प्रयोग हुने प्लास्टिकमाथि पूर्ण प्रतिबन्ध « Khabarhub

भारतको नागाल्याण्डमा एक पटकमात्र प्रयोग हुने प्लास्टिकमाथि पूर्ण प्रतिबन्ध


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको पूर्वोत्तर राज्य नागाल्याण्डमा एक पटकमात्र प्रयोग हुने प्लास्टिकमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ । राज्य सरकारले विज्ञप्ति जारी गर्दै एकल प्रयोग हुने प्लास्टिकको उत्पादन, आयात, सञ्चिती, वितरण र बिक्रीमाथि प्रतिबन्ध लगाएको हो ।

प्रदूषणलाई कम गर्नका निम्ति प्लास्टिकमाथि प्रतिबन्ध लगाइएको नागाल्याण्ड सरकारले जनाएको छ । नयाँ प्रावधानअनुसार एक पटकमात्र प्रयोग हुने पोलिस्टेरिनसहितका प्लास्टिक र प्लास्टिकजन्य वस्तुमाथि पूर्ण प्रतिबन्ध लगाइएको हो ।

यसअनुसार प्लास्टिकबाट उत्पादित कान खोस्रिने इयरबड, प्लास्टिकको बेलुन, क्याण्डी, प्लाटिक प्रयोग गरी बनाइएका झण्डा, सजावटका सामग्री, कप, गिलास, प्लेटजस्ता वस्तुहरु प्रतिबन्धमा परेका छन् ।

यस्तो प्रतिबन्धको पालना नगरेको खण्डमा कानुनअनुसार कारवाही हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : ३९ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला