भारतको नागाल्याण्डमा एक पटकमात्र प्रयोग हुने प्लास्टिकमाथि पूर्ण प्रतिबन्ध | Khabarhub Khabarhub

भारतको नागाल्याण्डमा एक पटकमात्र प्रयोग हुने प्लास्टिकमाथि पूर्ण प्रतिबन्ध


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको पूर्वोत्तर राज्य नागाल्याण्डमा एक पटकमात्र प्रयोग हुने प्लास्टिकमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ । राज्य सरकारले विज्ञप्ति जारी गर्दै एकल प्रयोग हुने प्लास्टिकको उत्पादन, आयात, सञ्चिती, वितरण र बिक्रीमाथि प्रतिबन्ध लगाएको हो ।

प्रदूषणलाई कम गर्नका निम्ति प्लास्टिकमाथि प्रतिबन्ध लगाइएको नागाल्याण्ड सरकारले जनाएको छ । नयाँ प्रावधानअनुसार एक पटकमात्र प्रयोग हुने पोलिस्टेरिनसहितका प्लास्टिक र प्लास्टिकजन्य वस्तुमाथि पूर्ण प्रतिबन्ध लगाइएको हो ।

यसअनुसार प्लास्टिकबाट उत्पादित कान खोस्रिने इयरबड, प्लास्टिकको बेलुन, क्याण्डी, प्लाटिक प्रयोग गरी बनाइएका झण्डा, सजावटका सामग्री, कप, गिलास, प्लेटजस्ता वस्तुहरु प्रतिबन्धमा परेका छन् ।

यस्तो प्रतिबन्धको पालना नगरेको खण्डमा कानुनअनुसार कारवाही हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : ३९ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना