राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजबाट « Khabarhub

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजबाट


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक आज देखि काठमाडौँमा सुरु हुँदैछ।

बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा पनि तय गर्नेछ । पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धी पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । बैठकले पार्टीलाई नयाँ ढङ्गबाट सञ्चालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्ने थापाले स्पष्ट पारेका छन् ।

राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । राजसंस्था सम्बन्धी धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्रा.डा विष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिवेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिति समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ६ : २२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा