युट्युबमा चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो विश्व रेकर्ड « Khabarhub

युट्युबमा चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो विश्व रेकर्ड


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

बैग्लौंर– भारतले फेरि इतिहास रच्यो । भारतको चन्द्रयान–३ ले बुधबार चन्द्रमामा सफल अवतरण गरेको छ । योसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ ।

योसँगै इसरोको लाइभ स्ट्रिमिङ लिंकले पनि य ट्युबमा इतिहास रच्यो। चन्द्रयान–३ को अवतरणको लाइभ स्ट्रिमिङ युट्युबको इतिहासमा सबै रेकर्ड तोड्दै ८.०६ मिलियन मानिसले एकै साथ हेरेका थिए।

युट्युबमा यसअघि रेकर्डलाई चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बुधवारबाट पछाडि पारेको छ । ब्राजिल– कोरियाको फुटबल खेलको लाइभ स्ट्रिमिङ ६.१५ मिलियन मानिसले एकैसाथ हेरेका थिए, जुन रेकर्ड हिजो तोडिएको थियो । त्यसैगरी तेस्रो नम्बरमा रहेको ब्राजिल र क्रोएसियाबीचको फुटबल खेललाई ५२ लाख मानिसले एकै साथ हेरेका थिए।

इसरोको आधिकारिक युट्युब च्यानलमा चन्द्रयान–३ को अवतरण हुनुअघि सब्सक्राइबरको सङ्ख्या २.६ मिलियन अर्थात् २६ लाख थियो, जुन सफल अवतरण पछि बढेर ३५ लाख पुगेको छ ।

अवतरणको प्रत्यक्ष प्रसारण करिब एक घण्टा ११ मिनेटसम्म चल्यो र इशरो ले एक घण्टामा नौ लाख सदस्यहरू प्राप्त गर्‍यो। इशरो को प्रत्यक्ष प्रसारण एकै साथ हेरेका सदस्यहरूको सङ्ख्या तीन गुणा भन्दा बढीसमेत रह्यो ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ९ : ११ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको